ADD FOR WEBSIDE ADD FOR WEBSIDE
टी–२० बिश्वकप

दक्षिण अफ्रिका विजयी, श्रीलंकाको बन्यो खराब रेकर्ड 

सोमबार, जेठ २१, २०८१

एजेन्सी :आईसीसी टी–२० बिश्वकप क्रिकेटमा दक्षिण अफ्रिकाले विजयी सुरुवात गरेको छ । सोमवार राती भएको खेलमा श्रीलंकालाई ६ विकेटले हराउँदै दक्षिण अफ्रिकाले विजयी सुरुवात गरेको हो ।

जितकालागि श्रीलंकाले दिएको ७८ रनको झिनो लक्ष्य दक्षिण अफ्रिकाले १६.२ ओभरमा ४ विकेट गुमाएर भेटायो । दक्षिण अफ्रिकाको जितमा क्विन्टन डे ककले सर्वाधिक २० रनको योगदान गरे । हेनरिक क्लासेनले अविजित १९ रन बनाउँदा ट्रिस्टन स्टब्सले १३ तथा कप्तान एडेन मार्करामले १२ रन जोडे ।

त्यसअघि न्यूयोर्क स्थित नासाउ काउन्टी अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा टस जितेर पहिले ब्याटिङ थालेको श्रीलंका १९.१ ओभरमा ७७ रनमा अलआउट भयो । श्रीलंकाका कुशल मेण्डिसले सर्बाधिक १९ ,एन्जेलो म्याथ्युजले १६ तथा कामिन्दु मेण्डिसले ११ रन बनाएपनि अन्य कुनै पनि ब्याटरले दोहोरो अंकको रन बनाउन सकेनन् ।

कप्तान वानिन्दु हसरंगा सहित अन्य चार श्रीलंकाली ब्याटर शुन्य रनमा आउट भए । श्रीलंकालाई सस्तैमा समेट्ने क्रममा बलिङतर्फ एर्निक नोर्टजेले सर्वाधिक ४ विकेट लिए । ४ ओभर बलिङ गरेका उनले जम्मा ४ रन खर्चेर महत्वपूर्ण ४ विकेट लिए । कागिसो रबडा र केशव महाराजले २/२ विकेट हात पारे ।

टी–२० क्रिकेटमा खराब रेकर्ड :
दक्षिण अफ्रिकाविरुद्धको खेलमा श्रीलंकाले ऐतिहासिक खराब रेकर्ड समेत बनाएको छ । श्रीलंकाले बनाएको ७७ रनको स्कोर टी–२० ईतिहासमा सवैभन्दा कम रन हो । यसअघि सन् २०१६ मा भारतविरुद्ध श्रीलंकाको टोली ८२ रनमा अलआउट भएको थियो । सन् २०१० मा श्रीलंकाको टोली अष्ट्रेलियाविरुद्ध ८७ रनमा अलआउट भएको थियो ।
 

प्रकाशित मिति: सोमबार, जेठ २१, २०८१  २३:२३
प्रतिक्रिया दिनुहोस्