ADD FOR WEBSIDE ADD FOR WEBSIDE
टि–२० विश्वकप :

नेपाल र नेदरल्याण्ड्सको खेल आज ,नेपालको टिकट सबैभन्दा धेरै विक्रि

मंगलबार, जेठ २२, २०८१

काठमाडौँ : टि–२० विश्वकप क्रिकेटमा मंगलवार नेपालले नेदरल्याण्डसंग खेल्दै विश्वकपको सुरुवात गर्ने भएको छ । नेपाल र नेदरल्याड्ण्सबीचको खेल अमेरिकाको ड्यालस स्थित ग्रान्ड प्रेरी रङ्गशालामा हुनेछ । यी दुई टोलीबीचको खेल नेपाली समयअनुसार राती ९ :१५ बजे हुनेछ । नेपाल र नेदरल्याण्डबीच भएको पछिल्लो पाँच खेलमा नेदरल्याड नेपालमाथि हावी देखिएको छ । ५ खेलमा नेपालले २ खेलमा जित निकाल्दा ३ खेल नेदरल्याण्डले जितेको छ । 


नेपालको टिकट सबैभन्दा धेरै विक्रि :
टि–२० विश्वकप क्रिकेट अन्तर्गत नेपाल र नेदरल्याण्डबीच हुने खेलको टिकट अत्याधिक बिक्री भएको छ । अन्तराष्ट्रिय क्रिकेट परिषद आईसीसीले मंगलवार नेपाल र नेदरल्याण्डबीच हुने खेलको टिकट अहिले सम्मकै सर्बाधिक विक्री भएको जनाएको हो । आईसीसीले नेपालको लगभग सबै टिकट बिक्री भएकाले सिमित टिकट मात्रै रहेको जनाएको छ ।

केहि सञ्चारमाध्यमहरुले सन्दीप लामिछानेले विश्वकप खेल्न नपाएपछि नेपालको टिकटको मुल्य घटेको भन्दै भ्रामक समाचार सम्प्रेषण गरिरहेका छन् । आईसीसीको वेभसाईडमा नेपालको टिकट मुल्यमा कुनै फेरबदल भएको छैन् ।

आईसीसीले नेपाल र नेदरल्याण्डस्बीच हुने खेलको टिकट मुल्य ३५ डलर तोकिएको छ । यसको नेपाली रकम झण्डै ४ हजार ७ सय रुपैयाँ हुन आउँछ । ड्यालस स्थित ग्रान्ड प्रेरी रङ्गशालाको दर्शक क्षमता १५ हजार छ ।


नेपालको खेल टुँडिखेलमा स्क्रीनमा देखाईने :
टि–२० विश्वकप क्रिकेट अन्तर्गत नेपाल र नेदरल्याण्डबीचको खेल काठमाण्डौँको टुँडिखेलमा स्क्रीनङमा देखाईने भएको छ । साँझ ५ बजेबाट साङ्गितिक प्रस्तुती सहित लाईभ स्क्रीनङ हुन लागेको हो । नि:शुल्क रुपमा हेर्न सकिने लाईभ स्क्रीनङसंगै  रचना रिमाल लगायतका कलाकारले साङ्गितिक प्रस्तुती दिने छन् । 


 

प्रकाशित मिति: मंगलबार, जेठ २२, २०८१  ०६:००
प्रतिक्रिया दिनुहोस्