ADD FOR WEBSIDE ADD FOR WEBSIDE
टी–२० विश्वकप :

अफगानिस्तानद्धारा युगान्डासामु १८४ रनको लक्ष्य

मंगलबार, जेठ २२, २०८१

एजेन्सी  : टी–२० विश्वकपमा डेब्यु गरेको युगान्डालाई अफगानिस्तानले जितकालागि १८४ रनको लक्ष्य प्रस्तुत गरेको छ । वेष्टर्एण्डिजको  प्रोभिडेन्स स्टेडियम, गुयानामा टस जितेको युगान्डाले पहिले फिल्डिङ रोजेपछि सुरुवाती ब्याटिङ थालेको अफगानिस्तानले निर्धारित ओभरमा ५ विकेटको क्षतिमा १८३ रन बनायो ।

अफगानिस्तानका लागि रहमानउल्लाह गुरबाजले सर्वाधिक ७६ रनको योगदान गरे । ४५ बलको सामना गरेका गुरबाजले ४ चौका र ४ छक्का प्रहार गरे । इब्राहिम जाद्रानले ७० रन जोडे । ४६ बलको सामना गरेका जाद्रानले ९ चौका र १ छक्का हिर्काए । गुरबाज र जाद्रानले पहिलो विकेटकालागि १५४ रनको शतकिय किर्तिमानी साझेदारी गरे ।

यस अघि विश्वकपको उद्धघाटन खेलमा क्यानाडा विरुद्ध अमेरिकाका आरन जोन्स र एन्ड्रिज गौसले १३१ रनको सतकिय साझेदारी गरेका थिए ।  मोहम्मद नावीले अविजित १४ रन जोडे । 

बलिङतर्फ डेब्यु खेलमै युगान्डाका कप्तान ब्रायन मसाबा र कसमस क्यूओताले अन्तराष्ट्रिय क्रिकेटमा २/२ विकेटको राष्ट्रिय किर्तिमान समेत बनाएका छन् । अल्पेश रामजानीले एक विकेट लिए ।

 छनोट खेलमा उत्कृष्ट प्रदर्शन गर्दै युगान्डाले विश्वकपमा पहिलो पटक मौका पाएको हो । 


 

प्रकाशित मिति: मंगलबार, जेठ २२, २०८१  ०८:०१
प्रतिक्रिया दिनुहोस्