ADD FOR WEBSIDE ADD FOR WEBSIDE

अफगानिस्तानले युगान्डालाई १२५ रनले हरायो

मंगलबार, जेठ २२, २०८१

एजेन्सी :  टी–२० विश्वकप क्रिकेटमा अफगानिस्तानले विजयी सुरुवात गरेको छ । मंगलवार भएको खेलमा विश्वकपमा डेब्यु गरेको युगान्डालाई १२५ रनले हराउँदै अफगानिस्तानले विजयी सुरुवात गरेको हो ।

जितकालागि १८४ रनको लक्ष्य पछ्याएको युगान्डा १६ ओभरमा सवै विकेट गुमाउँदै ५८ रनमा समेटियो । पावर प्लेमै ५ विकेट गुमाएर धर्मराएको युगान्डा अफगानि बलर सामु निरिह रहे । उसकालागि रोबिन्सन ओबुयाले सर्वाधिक १४ तथा रियाजत अली शाहले ११ रन जोडेपनि अन्य खेलाडीले दोहोरो अंकको रन बनाउन सकेनन् ।

दिनेश नक्रानीले ६ तथा  रोनक पटेल  र साइमन सेसाजीले ४/४ रन जोडे । युगान्डालाई सस्तैमा समेट्ने क्रममा बलिङतर्फ फजलहक फारुकीले सर्वाधिक ५ विकेट लिए । नवीन उल हक र राशिद खानले २/२ विकेट लिए । त्यसअघि वेष्टर्एण्डिजको  प्रोभिडेन्स स्टेडियम, गुयानामा टस जितेको युगान्डाले पहिले फिल्डिङ रोजेपछि सुरुवाती ब्याटिङ थालेको अफगानिस्तानले निर्धारित ओभरमा ५ विकेटको क्षतिमा १८३ रन बनायो ।

गुरबाज र जाद्रानको किर्तिमानी साझेदारी :

अफगानिस्तानका लागि रहमानउल्लाह गुरबाजले सर्वाधिक ७६ रनको योगदान गरे । ४५ बलको सामना गरेका उनले ४ चौका र ४ छक्का प्रहार गरे । इब्राहिम जाद्रानले ७० रन जोडे । ४६ बलको सामना गरेका जाद्रानले ९ चौका र १ छक्का हिर्काए । गुरबाज र जाद्रानले पहिलो विकेटकालागि १५४ रनको शतकिय किर्तिमानी साझेदारी गरे ।

टी–२० विश्वकपमा यो चौथो ठूलो किर्तिमानी साझेदारी हो । सन् २०२२ मा भारतबिरुद्ध इग्ल्याण्डले बनाएको १७० रनको साझेदारी अहिले सम्मकै ठूलो किर्तिमानी साझेदारी हो ।

यस अघि विश्वकपको उद्धघाटन खेलमा क्यानाडा विरुद्ध अमेरिकाका आरन जोन्स र एन्ड्रिज गौसले १३१ रनको सतकिय साझेदारी गरेका थिए ।  मोहम्मद नावीले अविजित १४ रन जोडे । बलिङतर्फ डेब्यु खेलमै युगान्डाका कप्तान ब्रायन मसाबा र कसमस क्यूओताले अन्तराष्ट्रिय क्रिकेटमा २/२ विकेटको राष्ट्रिय किर्तिमान समेत बनाएका छन् । अल्पेश रामजानीले एक विकेट लिए । 

प्रकाशित मिति: मंगलबार, जेठ २२, २०८१  ०९:४६
प्रतिक्रिया दिनुहोस्