ADD FOR WEBSIDE ADD FOR WEBSIDE

नेदरल्याण्डविरुद्ध नेपालको ब्याटिङ चलेन, १०७ रनको लक्ष्य

मंगलबार, जेठ २२, २०८१

काठमाडौँ  :आइसीसी टि–२० विश्वकप क्रिकेटमा नेदरल्याण्डविरुद्धको खेलमा नेपालले १०७ रनको लक्ष्य दिएको छ ।

अमेरिकाको ड्यालस स्थित ग्रान्ड प्रेरी रङ्गशालामा टस हारेर पहिले ब्याटिङमा तानिएको नेपालले १९.२ ओभरमा सवै किवेट गुमाउँदै १०६ रन मात्र बनाउन सक्यो ।  

नेपालका लागि कप्तान रोहित पौडेलले सर्वाधिक ३५ रनको योगदान गरे । करण केसीले १७ तथा गुल्शन झाले १४, अनिल शाहले ११ रन बनाएपनि अन्य ब्याटरले दोहोरो अंकको रन बनाउन सकेनन् ।

ओपनर कुशल भुर्तेल र आशिफ शेख पनि सस्तैमा समेटिए । भुर्तेल ब्यक्तिगत ७ रनमा आउट हुँदा शेख ४ रनमा पवेलियन फर्किए । कुशल मल्लले ९ रनको योगदान गर्दा भरपर्दा ब्याट्सम्यान दिपेन्द्र सिं ऐरी १ रनमा आउट हुन पुगे ।

 सोमपाल कामी,अविनाश बोहरा र सागर ढकालले खाता नै खोल्न सकेनन् । बलिङतर्फ टिम प्रिन्गल र लोगान भ्यान बेकलले  ३/३ विकेट लिए । पाउल भ्यान मिकरेन र बास डे लीडे रे २/२ विकेट लिए । 

प्रकाशित मिति: मंगलबार, जेठ २२, २०८१  २३:२५
प्रतिक्रिया दिनुहोस्