HAPPY NEW YERA HAPPY NEW YERA

नेपाली क्रिकेटको बलिङ सल्लाकारमा एस्टविक नियुक्त

आइतबार, चैत २५, २०८०

काठमाण्डौँ ।नेपाली राष्ट्रिय क्रिकेट टोलीको बलिङ सल्लाकारमा रड एस्टविक नियुक्त भएका छन् ।नेपाल क्रिकेट संघ (क्यान) ले बलिङ सल्लाहाकारमा  वेस्ट इन्डिजका रड एस्टविकलाई नियुक्त गरेको हो ।

क्यानले आइतबार एक विज्ञप्ति जारी गर्दै वेस्ट इन्डिजको सिनियर टोलीको बलिङ प्रशिक्षकको रुपमा समेत काम गरिसकेका एस्टविकलाई नियुक्त गरेको जनाएको हो । एस्टविकले यसै साता ओमानमा सुरु हुने एसीसी मेन्स प्रिमियर कपबाट टोलीसँग जोडिनेछन् । एस्टविकलाई आइसीसी टि-२० विश्वकप सम्मका लागि अनुबन्ध गरिएको क्यान सचिव पारस खड्काले जानकारी दिए । 
 

प्रकाशित मिति: आइतबार, चैत २५, २०८०  २१:२३
प्रतिक्रिया दिनुहोस्