ADD FOR WEBSIDE ADD FOR WEBSIDE

दिपेन्द्र सिं ऐरीको अर्को राष्ट्रिय किर्तिमान

बुधबार, जेठ २३, २०८१

काठमाडौँ :नेपाली अलराउण्डर दिपेन्द्र सिं ऐरीले राष्ट्रिय किर्तिमान बनाएका छन् । टि–२०  क्रिकेटमा सर्वाधिक क्याच लिने ऐरी पहिलो नेपाली खेलाडी बनेका हुन् ।

टि–२० विश्वकप क्रिकेटमा नेदरल्याण्डका खेलाडी मिचेल लेभिटलाई क्याच आउट गराएपछि ऐरीले सर्वाधिक क्याच लिने पहिलो नेपाली खेलाडीको किर्तिमान बनाएका हुन् । सोमपाल कामीको बलमा एरीले नेदरल्याण्ड्सका मिचेल लेभिटलाई क्याच आउट गराएका हुन् । एरीले योसंगै २९ क्याच लिएका छन् ।  

यसअघि सर्वाधिक क्याच लिने खेलाडीमो राष्ट्रिय किर्तिमान कुशल भुर्तेलेको नाममा थियो । भुर्तेलले २८ क्याच लिएका छन् । २६ क्याच लिएका रोहित पौडेल तेस्रो स्थानमा छ ।

प्रकाशित मिति: बुधबार, जेठ २३, २०८१  ००:५४
प्रतिक्रिया दिनुहोस्