ADD FOR WEBSIDE ADD FOR WEBSIDE

शारीरिक सुगठनमा नेपालको चुनौती कृष्णले पेश गर्दै

बुधबार, जेठ २३, २०८१

काठमाडौँ: चौधौं दक्षिण एसियाली शारीरिक सुगठन तथा फिजिक स्पोर्ट्स च्याम्पियनसिपमा नेपालबाट कृष्णप्रसाद श्रेष्ठले प्रतिष्पर्धा गर्ने भएका छन् ।


उनले जुन ६ देखि १० तारिखसम्म माल्दिभ्समा हुने प्रतियोगितामा पुरुष ८० केजीतर्फ नेपालको चुनौती पेश गर्ने राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले जनाएको छ ।
व्यवस्थापकमा नेपाल शारीरिक सुगठन तथा फिट्नेस महासंघका उपाध्यक्ष वकिलमान तुलाधर उदास तथा निर्णायकमा राजेश मुल्मी रहेका छन् ।

नेपालबाट सहभागी हुने टोलीलाई सफलताको शुभकामना दिदै राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङले बुधबार एक कार्यक्रमबीच बिदाइ गरे ।
 

प्रकाशित मिति: बुधबार, जेठ २३, २०८१  १८:३१
प्रतिक्रिया दिनुहोस्