ADD FOR WEBSIDE ADD FOR WEBSIDE
टी–२० विश्वकप

भारतविरुद्धको खेलमा आयरल्याण्ड ९६ रनमा अलआउट

बुधबार, जेठ २३, २०८१

एजेन्सी :आइसीसी टी–२० विश्वकप क्रिकेटमा आयरल्याण्डले भारतसामु जितकालागि ९७ रनको लक्ष्य दिएको छ । अमेरिकाको न्यूयोर्कस्थित नस्साउ काउन्टी इन्टरनेसनल क्रिकेट स्टेडियममा टस हारेर पहिले ब्याटिङमा तानिएको आयरल्याण्ड १६ ओभरमा सवै विकेट गुमाउँदै ९६ रन मात्र बनाउन सक्यो ।

आयरल्याण्डकालागि ग्यारेथ डेलानीले सर्वाधिक २६ रनको योगदान गरे । जस लिटिलले १४ , कर्टिस क्याम्फरले १२  तथा लोर्कन टकीले १० रन जोडे  ।आयरल्याण्डका ७ खेलाडीले दोहोरो अंकको रन बनाउन सकेनन् । 

आयरल्याण्डलाई सस्तैमा समेट्ने क्रममा बलिङतर्फ  हार्दिक पाण्ड्याले सर्वाधिक ३ विकेट लिए । जसप्रित बुम्राह र अर्शदिप सिंले २/२ विकेट लिए । मोहम्मद सिराज र अक्षर पटेलले १/१ विकेट लिए ।

जारी विश्वकपमा आयरल्याण्डले बनाएको यो स्कोर दोस्रो सानो स्कोर हो । सवैभन्दा कम स्कोर युगाण्डाले ५८ रन बनाएको छ । टी–२० खेलमा आयरल्याण्डले अहिलेसम्म भारतलाई पराजित गर्न सकेको छैन । अहिलेसम्म भएका सातवटै खेलमा भारत विजयी भएको छ । 

प्रकाशित मिति: बुधबार, जेठ २३, २०८१  २१:४४
प्रतिक्रिया दिनुहोस्