ADD FOR WEBSIDE ADD FOR WEBSIDE
टी–२० विश्वकप

भारतसंग आयरल्याण्ड ८ विकेटले पराजित 

बुधबार, जेठ २३, २०८१

एजेन्सी : टी–२० विश्वकप क्रिकेटमा भारतले विजयी सुरुवात गरेको छ । बुधवार राती भएको खेलमा आयरल्याण्डलाई ८ विकेटले हराउँदै भारतले विश्वकपमा सुखद् सुरुवात गरेको हो ।

जितकालागि आयरल्याण्डले दिएको ९७ रनको झिनो लक्ष्य भारतले १२.२ ओभरमा २ विकेट गुमाएर भेटायो । भारतको जितमा कप्तान रोहित शर्माले अर्धसकिय पारी खेल्दै रिटायर हर्ट भए ।रिटायर हर्ट हुनु अघि कप्तान शर्माले ५२ रन जोडेका थिए । ३७ बलको सामना गरेका उनले ४ चौका र ३ छक्का प्रहार गरे ।

११औं ओभरमा बलले काँधमा लागेपछि उनी रिटायर भएका थिए । उनको स्थानमा आएका सूर्यकुमार यादव २ रनमा पवेलियन फर्किए ।  ऋषभ पन्तले अविजित ३६ रन जोड्दा बिराट कोहली १ रनमा समेटिए ।

त्यसअघि अमेरिकाको न्यूयोर्कस्थित नस्साउ काउन्टी इन्टरनेसनल क्रिकेट स्टेडियममा टस हारेर पहिले ब्याटिङमा तानिएको आयरल्याण्ड १६ ओभरमा सवै विकेट गुमाउँदै ९६ रन मात्र बनाउन सक्यो ।

आयरल्याण्डकालागि ग्यारेथ डेलानीले सर्वाधिक २६ रनको योगदान गरे । जस लिटिलले १४ , कर्टिस क्याम्फरले १२  तथा लोर्कन टकीले १० रन जोडे  । आयरल्याण्डका ७ खेलाडीले दोहोरो अंकको रन बनाउन सकेनन् । 

आयरल्याण्डलाई सस्तैमा समेट्ने क्रममा बलिङतर्फ हार्दिक पाडड्याले सर्वाधिक ३ विकेट लिए । जसप्रित बुम्राह र अर्शदिप सिंले २/२ विकेट लिए । मोहम्मद सिराज र अक्षर पटेलले १/१ विकेट लिए ।


जारी विश्वकपमा आयरल्याण्डले बनाएको यो स्कोर दोस्रो सानो स्कोर हो । सवैभन्दा कम स्कोर युगाण्डाले ५८ रन बनाएको छ । टी–२० खेलमा आयरल्याण्डले अहिलेसम्म भारतलाई पराजित गर्न सकेको छैन । अहिलेसम्म भएका आठ वटैै खेलमा भारतले आयरल्याण्डलाई हराएको छ । 

प्रकाशित मिति: बुधबार, जेठ २३, २०८१  २३:०५
प्रतिक्रिया दिनुहोस्