ADD FOR WEBSIDE ADD FOR WEBSIDE
टी–२० विश्वकप :

युगान्डासंग पिएनजी ७७ रनमा अलआउट

विश्वकपमा अर्को लोस्कोरीङ 
बिहीबार, जेठ २४, २०८१

एजेन्सी : आइसीसी टी–२० विश्वकप क्रिकेट अन्तर्गतको ९ औँ खेलमा पपुवान्यूगिनि (पिएनजी)ले युगान्डासामु जितकालागि ७८ रनको लक्ष्य पेश गरेको छ । क्यारेबियन प्रोभिडेन्स स्टेडियम, गुयानामा टस हारेर पहिले ब्याटिङमा तानिएको पिएनजी पहिलोपटक विश्वकपमा सहभागि युगान्डासंग पुरै ओभर टिक्न सकेन ।

यगान्डाका बलरसामु निरिह बनेको पिएनजी १९.१ ओभरमा अलआउट हुन पुग्यो ।  उसकालागि हिरि हिरीले सर्वाधिक १५ रन जोडे । लेगा सियाका र किप्लिन डोरिगाले समान १२/१२ रन बनाएपनि अन्य ब्याटरले दोहोरो अंकको रन बनाउन सकेनन् ।

चार्लस अमिनी र सेसेवउ ५ रनमा समेटिए । कप्तान असाद भाला शुन्य रनमा एलवीडब्लुमा परे ।

बलिङतर्फ फ्रैङ्क न्सुबुगावा,अल्पेश रामजानी,जुमा मियागी र कसमस क्युओताले समान २/२ विकेट लिए । जारी विश्वकपमा यो दोस्रो कम स्कोर हो । यसअघि अफगानिस्तानसंग युगान्डा ५८ रनमा समेटिएको थियो । 
 

प्रकाशित मिति: बिहीबार, जेठ २४, २०८१  ०६:४९
प्रतिक्रिया दिनुहोस्