ADD FOR WEBSIDE ADD FOR WEBSIDE

अष्ट्रेलियाले ओमानलाई दियो १६५ रनको चुनौति

बिहीबार, जेठ २४, २०८१

एजेन्सी : आइसीसी टी–२० विश्वकप क्रिकेटमा अष्ट्रेलियाले ओमानसामु १६५ रनको लक्ष्य प्रस्तुत गरेको छ । केंसिंग्टन ओवल ब्रिजटाउन, बारबाडोसमा टस हारेर पहिले ब्याटिङ थालेको अष्ट्रेलियाले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा १६४ रन बनायो ।

उसकालागि मार्कस स्टोइनिसले नटआउट ६६ रन जोडे । ३५ बलको सामना गरेका उनले २ चौका र ६ छक्का प्रहार गरे । डेविड वार्नरले ५६ रन बनाए । कप्तान मिचेल मार्सले १४ तथा टेभिस हेडले १२ रन बनाए । 
 

प्रकाशित मिति: बिहीबार, जेठ २४, २०८१  ०८:०६
प्रतिक्रिया दिनुहोस्