ADD FOR WEBSIDE ADD FOR WEBSIDE
टि–२० विश्वकप :

सुपर ओभरमा पाकिस्तान अमेरिकासँग स्तब्ध

शुक्रबार, जेठ २५, २०८१

एजेन्सी:आइसिसी टि–२० विश्वकप क्रिकेटमा पाकिस्तान सुपर ओभरमा अमेरिकासँग स्तब्ध बनेको छ । बिहीबार राति भएको समूह ‘ए’ को खेलमा दुबै टोलीको अंक बराबर भएपछि सुपर ओभरबाट नतिजा निस्किएको हो ।

सुपर ओभरमा अमेरिकाले दिएको १९ रनको लक्ष्य पछ्याएको पाकिस्तानले १३ रन मात्र बनाउन सक्यो । नजितासंगै अमेरिकाले पाकिस्तानविरुद्ध ऐतिहासिक जित दर्ता गरेको छ । टस हारेर पहिले ब्याटिङमा तानिएको पाकिस्तानले निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै एक सय ६० रनको लक्ष्य प्रस्तुत गरेको थियो ।

जवाफी ब्याटिङमा उत्रिएको अमेरिकाले निर्धारित २० ओभरमा तीन विकेट गुमाएर १५९ रन बनाएपपछि खेल रोमाञ्चक बराबरीमा पुगेको हो । अमेरिकाको लागि कप्तान मयंक पटेलले सर्वाधिक ५० रन जोडे । आरोन जोनेसले ३६ तथा आन्द्रेस गौसले ३५ रनको योगदान गरे । त्यसअघि पहिले ब्याटिङ थालेको पाकिस्तानकालागि कप्तान बाबर आजमले सवर्काधिक ४४ , शहाब खानले ४० तथा शाहिन शाह अफ्रिदिले अविजित २३ रन बनाएपनि अन्य खेलाडीले सम्झन लायकको प्रदर्शन गर्न सकेनन् ।

जारी विश्वकमा यो दोस्रो सुपरको खेल हो । यसअघि  ओमान र नामिबियाबीचको खेल पनि सुपर ओभरमा गएको थियो  । उक्त खेलमा नामिबिया बिजयी भएको थियो । 

प्रकाशित मिति: शुक्रबार, जेठ २५, २०८१  १७:४०
प्रतिक्रिया दिनुहोस्