ADD FOR WEBSIDE ADD FOR WEBSIDE
सन्दीप प्रकरण :

गौशाला २६को सक्कल निवेदन र जन्मदर्ताको प्रति झिकाउन आदेश

सोमबार, वैशाख ३, २०८१

काठमाण्डौँ । उच्च अदालत पाटनले क्रिकेटर सन्दिप लामिछानेविरुद्धको बलात्कार मुद्दामा पीडित गौशाला २६ को जन्मदर्तासम्बन्धी कागजात झिकाउन आदेश दिएको छ । न्यायाधीशद्धय मुनेन्द्रप्रसाद अवस्थी र दुर्गाप्रसाद ढुंगेलको संयुक्त इजलासले जन्मदर्ता भएको नुवाकोटको तादी गाउँपालिका २ मा पीडितले जन्मदर्ताको कागजात बनाउँदा पेश गरेको निवेदनको सक्कल र जन्मदर्ता प्रमाणपत्र झिकाउन आदेश दिएको अदालतका उपरजिष्ट्रार तीर्थराज भट्टराईले जानकारी दिए ।

जन्मदर्ता भएको नुवाकोटको तादी गाउँपालिका २ मा पीडितले जन्मदर्ताको कागजात बनाउँदा पेश गरेको निवेदनको सक्कल र जन्मदर्ता प्रमाणपत्र झिकाउन आदेश

इजलासले २०७५ पुस १८ मा जारी भएको जन्मदर्ताको प्रमाणपत्र पनि पेश गर्न भनेको छ । साथै, पीडितको जन्म मिति २०६२ जेठ १८ गते राखि २०७९ असार १४ गते जारी गरिएको जन्मदर्ता प्रमाणपत्रको प्रतिलिपी प्राप्त गर्न पीडितले दिएको निवेदनको सक्कल प्रतिपनि अदालतले मागेको छ । गत पुसमा जिल्ला अदालत काठमाडौँले लामिछानेमाथि ८ वर्ष कैद र जरिवाना तथा क्षतिपूर्ती गरी ५ लाख तिराउन आदेश गरेको थियो ।

जिल्ला अदालत काठमाडौँले बलात्कार मुद्दामा दोषी ठहर गरेपछि क्रिकेटर लामिछाने उच्च अदालत पुगेका हुन् । लामिछानेलाई नाबालिक बलात्कारको कसुरमा नै सजाय हुनुपर्ने मागसहित सरकारी वकिलले पनि पुनरावेदन दिएको छ ।

-यस्तो छ अदालतको आदेश:

Document-32_1-1713194812.jpg

 



 

प्रकाशित मिति: सोमबार, वैशाख ३, २०८१  २१:१४
प्रतिक्रिया दिनुहोस्