ADD FOR WEBSIDE ADD FOR WEBSIDE
टि–२० विश्वकप :

क्यानडाद्धारा आयरल्याण्डसामु  १३८ रनको लक्ष्य 

शुक्रबार, जेठ २५, २०८१

एजेन्सी : आइसिसी टि–२० विश्वकप क्रिकेटमा क्यानडाले आयरल्याण्डसामु जितकालागि १३८ रनको लक्ष्य प्रस्तुत गरेको छ । न्यूयोर्कस्थित नासाउ काउन्टी अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा टस हारेर पहिले ब्याटिङ थालेको क्यानडाले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १३७ रन बनायो ।

उसकालागि  निकोलस किर्टनले सर्वाधिक ४९ योगदान गरे । अर्धसतक बनाउन उनी मात्र १ रनले चुके ।  श्रेयस मोव्वाले ३७ ,पारगत सिंले १८ तथा आरान जोनशनले १४ रन जोडे ।

पहिलो खेलमा पराजित दुवै टोली पहिलो जित निकाल्ने योजनामा छ । पहिलो खेलमा क्यानडा अमेरिकासंग हार ब्यहोर्दा आयरल्याण्ड भारतसंग ८ विकेटले पराजित भएको थियो । 
 

प्रकाशित मिति: शुक्रबार, जेठ २५, २०८१  २१:५६
प्रतिक्रिया दिनुहोस्