ADD FOR WEBSIDE ADD FOR WEBSIDE
टि–२० विश्वकप :

क्यानडाको पहिलो जित,आयरल्याण्ड दोस्रो पटक पराजित

शनिबार, जेठ २६, २०८१

एजेन्सी : आइसिसी टि–२० विश्वकप क्रिकेटमा क्यानडाले पहिलो जित निकालेको छ । शुक्रवार राती भएका खेलमा आयरल्याण्डमाथि १२ रनको रोमाञ्चक जित निकाल्दै क्यानडाले पहिलो जित निकालेको हो । जितकालागि १३८ रनको लक्ष्य पछ्याएको आयरल्याण्डले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १२५ रन मात्र बनाउन सक्यो ।

उसकालागि मार्क एडेयरले सर्वाधिक ३४, जर्ज डकरेलले ३०, एन्डी बालबर्नीले १७ तथा  लोर्कन टकरले १० रन बनाएपनि अन्य ब्याटरले दोहोरो अंकको रन छुन सकेनन् ।

त्यसअघि न्यूयोर्कस्थित नासाउ काउन्टी अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा टस हारेर पहिले ब्याटिङ थालेको क्यानडाले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १३७ रन बनाएको थियो ।

क्यानडाकालागि निकोलस किर्टनले सर्वाधिक ४९ योगदान गरे । अर्धसतक बनाउन उनी मात्र १ रनले चुके ।  श्रेयस मोव्वाले ३७ ,पारगत सिंले १८ तथा आरान जोनशनले १४ रन जोडे ।

आयरल्याण्डको यो दोस्रो हार हो । पहिलो खेलमा क्यानडा अमेरिकासंग हार ब्यहोर्दा आयरल्याण्ड भारतसंग ८ विकेटले पराजित भएको थियो ।
 

प्रकाशित मिति: शनिबार, जेठ २६, २०८१  ०६:१२
प्रतिक्रिया दिनुहोस्