ADD FOR WEBSIDE ADD FOR WEBSIDE
टि–२० विश्वकप :

अफगानिस्तानले न्यूजल्याण्डलाई दियो १६० रनको चुनौति 

शनिबार, जेठ २६, २०८१

एजेन्सी : आइसिसी टि–२० विश्वकप क्रिकेटमा अफगानिस्तानले न्यूजल्याण्डसामु जितकालागि १६० रनको लक्ष्य दिएको छ । प्रोभिडेन्स स्टेडियम, गुयानामा टस हारेर पहिले ब्याटिङमा तानिएको अफगानिस्तानले निर्धारित ओभरमा ६ विकेट गुमाउँदै १५९ रन बनायो ।

अफगानिस्तानकालागि रहमान–उल्लाह गुरबाजले अर्धसतकिय पारी खेल्दै सर्वाधिक ८० रनको योगदान गरे । ५६ बलको सामना गरेका उनले ५ चौका र ६ छक्का प्रहार गरे । इब्राहिम जाद्रानले ४४ रन जोडे । पहिलो विकेटकालागि यी दुई जोडीले १०३ रनको सतकिय साझेदारी गरेका थिए ।

अजमातुल्लाह उमरजाईले २२ रन जोडे । कप्तान राशिद खान ६ रनमा–रन आउट हुँदा मोहमद नावी र गुलबदिन नायब शुन्य रनमा पवेलियन फर्किए । बलिङतर्फ म्याट हेनरी र ट्रेन्ट बोल्टले दुई÷दुई  विकेट लिदा लकी फर्ग्युसनले एक विकेट हात पारे ।


पहिलो खेलमा युगान्डालाई १२५ रनले हराएको अफगानिस्तान आज न्यूजल्याण्डलाई हराउँदै लगातार दोस्रो जित निकाल्न चाहान्छ । पहिलो खेल खेलिरहेको न्यूजल्याण्ड विश्वकपमा अफगानिस्तानलाई हराउँदै सुखद सुरुवात गर्ने योजनमा छ । 

प्रकाशित मिति: शनिबार, जेठ २६, २०८१  ०६:५६
प्रतिक्रिया दिनुहोस्