ADD FOR WEBSIDE ADD FOR WEBSIDE
टि–२० विश्वकप :

श्रीलंकाद्धारा बंगलादेशसामु १२५ रनको लक्ष्य 

शनिबार, जेठ २६, २०८१

एजेन्सी : आइसिसी टि–२० विश्वकप क्रिकेट अन्तर्गत समुह डीको खेलमा श्रीलंकाले बंगलादेशसामु जितकालागि १२५ रनको मध्ययम लक्ष्य प्रस्तुत गरेको छ । डालासस्थित ग्रान्ड प्रेरी स्टेडियममा टस हारेर पहिले ब्याटिङ थालेको श्रीलंकाले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १२४ रन बनाउन सक्यो ।

श्रीलंकाकालागि पथुम निशानंकाले सर्वाधिक ४७ रनको योगदान गरे । २८ बलको सामना गरेका उनले ७ चौका र एक छक्का प्रहार गरे । धनञ्जय डी सिल्भाले २१ तथा  चरित असालान्काले १९ रन जोडे ।

एन्गेलो म्याथ्यूजले १६ तथा कुसल मेन्डिसले १० रन जोडे । बलिङतर्फ रिशाद हुसेन र मुस्ताफिजुर रहमानले सर्वाधिक ३/३ विकेट लिए । पहिलो खेल खेलिरहेको बंगालादेश आज श्रीलंकालाई हराउँदै विजयी सुरुवात गर्न चाहान्छ । पहिलो खेलमा दक्षिण अफ्रिकासंग पराजित श्रीलंकालाई जित्नै पर्ने दबाब छ । 
 

प्रकाशित मिति: शनिबार, जेठ २६, २०८१  ०७:५७
प्रतिक्रिया दिनुहोस्