ADD FOR WEBSIDE ADD FOR WEBSIDE
टि–२० विश्वकप :

श्रीलंकाको दोस्रो हार,बंगलादेशसंग २ विकेटले पराजित

शनिबार, जेठ २६, २०८१

एजेन्सी : आइसिसी टि–२० विश्वकप क्रिकेटमा बंगलादेशले विजयी सुरुवात गरेको छ । शनिवार बिहान भएको खेलमा श्रीलंकालाई २ विकेटले हराउँदै बंगलादेशले विजयी सुरुवात गरेको हो । जितकालागि श्रीलंकाले दिएको १२५ रनको मध्ययम लक्ष्य बंगालादेशले ६ वल अगावै ८ विकेट गुमाएर भेटायो । बंगलादेशको जितमा तौहिद हृदयले सर्वाधिक ४० तथा लिटन दासले ३६ रन जोडे ।

त्यसअघि डालासस्थित ग्रान्ड प्रेरी स्टेडियममा टस हारेर पहिले ब्याटिङ थालेको श्रीलंकाले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १२४ रन बनाएको थियो । श्रीलंकाकालागि पथुम निशानंकाले सर्वाधिक ४७ रनको योगदान गरे । २८ बलको सामना गरेका उनले ७ चौका र एक छक्का प्रहार गरे । धनञ्जय डी सिल्भाले २१ तथा  चरित असालान्काले १९ रन जोडे ।

एन्गेलो म्याथ्यूजले १६ तथा कुसल मेन्डिसले १० रन जोडे । बलिङतर्फ रिशाद हुसेन र मुस्ताफिजुर रहमानले सर्वाधिक ३/३ विकेट लिए । जारी विश्वकपमा श्रीलंकाको यो लगातार दोस्रो हार हो । पहिलो खेलमा श्रीलंका दक्षिण अफ्रिकासंग पराजित भएको थियो ।

प्रकाशित मिति: शनिबार, जेठ २६, २०८१  १०:२९
प्रतिक्रिया दिनुहोस्