ADD FOR WEBSIDE ADD FOR WEBSIDE

साफ च्याम्पियनसीपमा नेपाल सहज समुहमा

शनिबार, जेठ २६, २०८१

काठमाडौँ : घरेलु मैदानमा आयोजना हुने दक्षिण एसियाली फुटबल महासंघ (साफ) महिला च्याम्पियनसिपमा नेपाल सहज समूहमा स्थान बनाएको छ । साफले शनिबार सार्वजनिक गरेको तालिकाअनुसार नेपालसम्मिलित समूह ‘बी’ मा श्रीलंका, माल्दिभ्स र भुटान छन् । यो समूह निकै सहज मानिएको छ ।

समूह ‘ए’ मा सर्वाधिक विजेता भारतसहित साविक विजेता बंगलोदश र पाकिस्तान छन् । यो समूहको एक टोलीसँग नेपालले सेमिफाइनलमा प्रतिस्पर्धा गर्नेछ । प्रतियोगिता अक्टोबर १७ देखि ३० सम्म नेपालमै आयोजना हुने साफले घोषणा गरिसकेको छ ।  नेपाल घरेलु मैदानमा भएको प्रतियोगितामा उपविजेतामै चित्त बुझाउन बाध्य भएको थियो ।

 सन् २०१० देखि २२ सम्मको संस्करणमा नेपाल पाँच पटक फाईनलमा पुगेपनि उपाधि जित्न सकेको छैन ।

सन् २०१०,२०१२ र २०१४ र २०१९ मा  नेपाल फाईनलमा भारतसंग पराजित भएको थियो भने सन् २०२२ मा नेपाल बंगलादेशसंग फाईनलमा पराजित भएको थियो ।

प्रकाशित मिति: शनिबार, जेठ २६, २०८१  १८:३९
प्रतिक्रिया दिनुहोस्