ADD FOR WEBSIDE ADD FOR WEBSIDE
टि–२० विश्वकप :

नेदरल्याण्ड्सले दियो दक्षिण अफ्रिकासामु १०४ रनको लक्ष्य

शनिबार, जेठ २६, २०८१

एजेन्सी : आइसिसी टि–२० विश्वकप क्रिकेटमा नेदरल्याण्ड्सले दक्षिण अफ्रिकासामु १०४ रनको लक्ष्य प्रस्तुत गरेको छ । न्यूयोर्क स्थित नासाउ काउन्टी अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा टस हारेर पहिले ब्याटिङमा तानिएको नेदरल्याण्ड्सले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १०३ रन बनायो ।

नेदरल्याण्ड्सकालागि साइब्रान्ड एङ्गेलब्रेक्टले सर्वाधिक ४० रनको योगदान गरे । दुई पटक जिवनदान पाएका उनले ४५ बलको सामना गर्दा २ चौका र एक छक्का प्रहार गरे । लोगान भ्यान बीकले २३ रन जोडे ।

विक्रमजीत सिंहले १२ तथा कप्तान स्कट एडवर्ड्सले १० रन बनाए । नेदरल्याण्ड्सका ६ ब्याट्सम्यानले दोहोरो अंक छुन सकेनन् । १ रन मात्रै जोड्दा नेदरल्याण्ड्सले पहिलो विकेट गुमाएको थियो ।  नेदरल्याण्ड्सलाई सस्तैमा समेट्ने क्रममा बलिङतर्फ ओटिनेल बार्टम्यानले सर्वाधिक ४ विकेट लिए । 

प्रकाशित मिति: शनिबार, जेठ २६, २०८१  २१:५०
प्रतिक्रिया दिनुहोस्