ADD FOR WEBSIDE ADD FOR WEBSIDE

५१ बर्ष टेकेका सचिन तेन्दुलकरका पाँच रेकर्ड

जुन तोड्न लगभग असम्भव छ ।
बिहीबार, वैशाख १३, २०८१

काठमाण्डौ । भारतीय पूर्ब क्रिकेटर सचिन तेन्दुलकर बुधबारबाट ५१ बर्षमा टेकेका छन् । सन् १९७३ को २४ अप्रिलमा मुम्मईका जन्मिएका तेन्दुलकरले थुप्रै रेकर्डहरु बनाएका छन् । जुन रेकर्ड तोड्न प्राय असम्भव  छ । बुबा रमेश र आमा रजनी तेन्दुलकरबाट जन्मिएका सचिनका एक छोरा र एक छोरी छन् । श्रीमती अञ्जलीले छोरा अर्जुन र छोरी सारालाई जन्म दिएकी हुन् । सचिनले भारत रत्न, पद्मविभूषण, पद्मश्री लगायत अन्य धेरै पदक समेत पाईसकेका छन् ।
सचिनको सबैभन्दा चर्चित कीर्तिमान अन्तर्राष्ट्रिय क्रिकेटमा १०० शतक प्रहार गर्नु नै हो । यस बाहेक पनि थुप्रै किर्तिमानीहरु उनले बनाएका छन् ।

-ती मध्ये पाँच किर्तिीमानीको चर्चा गरौ ।


१ .धेरै टेस्ट म्याच खेल्ने खेलाडी
सबैभन्दा बढी टेस्ट खेल्ने ब्याट्सम्यान सचिन तेन्दुलकर हुन् ।उनले अहिले सम्म २ सय टेस्ट खेलेका छन् । अहिले पहिलोको जस्तो टेस्ट क्रिकेट त्यति खेलिँदैन । यस्तो अवस्थामा कुनै खेलाडीले १ सय टेस्ट मात्र खेल्छन् भने पनि ठूलो उपलब्धि मानिन्छ । इंग्ल्याण्डका फास्ट बलर जेम्स एन्डरसनले पनि अहिलेसम्म १८७ टेस्ट खेल खेलिसकेका छन् । अब उनले सचिन तेन्दुलकरको कीर्तिमान तोड्न सक्छन् कि सक्दैनन् ? त्यो भने हेर्न बाँकी छ ।


२ सबैभन्दा धेरै अन्तर्राष्ट्रिय रन बनाउने खेलाडी

अन्तर्राष्ट्रिय करियरमा सबैभन्दा उच्च रन बनाउने किर्तिमान पनि सचिन तेन्दुलकरकै नाममा छ । उनले अहिले सम्म अन्तर्राष्ट्रिय करियरमा ३४ हजार ३५७ रन बनाएका छन् । उनी क्रिकेटको इतिहासमा सबैभन्दा बढी अन्तर्राष्ट्रिय रन बनाउने खेलाडी हुन् ।  सचिनको यो रेकर्ड तोड्न लगभग असम्भव छ । उनको पछि अहिले विराट कोहली एकमात्र ब्याट्सम्यान हुन् । उनले पनि २५ हजार अन्तर्राष्ट्रिय रन पुरा गरेका छन् ।

३. अन्तर्राष्ट्रिय करियरमा सबैभन्दा धेरै खेलखेल्ने खेलाडी
आफ्नो अन्तर्राष्ट्रिय करियरमा सबैभन्दा धेरै खेल खेल्ने ब्याट्सम्यान पनि उनै सचिन तेन्दुलकर हुन् । उनले आफ्नो करियरमा ६ सय ६४ अन्तर्राष्ट्रिय खेल खेलेका छन् । उनलाई बिराट कोहलीले पछ्याईरहेका छन् ।  उनले पनि ५ सय अन्तर्राष्ट्रिय खेल खेलेका छन् ।

४. धेरै चौका बर्षाउने खेलाडी
अन्तर्राष्ट्रिय क्रिकेटमा सबैभन्दा बढी चौका प्रहार गर्ने खेलाडीको किर्तिमान पनि सचिन तेन्दुलकरकै नाममा छ । तेन्दुलकरले ६६४ खेलको ७८२ इनिङ्समा ब्याटिङ गर्दा ४०७६+ चौका प्रहार गरेका थिए । सूचीको दोस्रो नाम श्रीलंकन खेलाडी कुमार संगाकरा छन् । उनले आफ्नो अन्तर्राष्ट्रिय करियरमा ३०१५ चौका प्रहार गरेका छन् ।

५. औषतमा ५० रन वा सो भन्दा बढी रन जोड्ने खेलाडी
अन्तर्राष्ट्रिय क्रिकेटमा औषतमा सबैभन्दा बढी ५० रन बनाउने किर्तिमानी पनि सचिनकै नाममा छ । तेन्दुलकरले ५० रनको आँकडा २६४ पटक पार गरेका छन् । जसमा १०० शतक र १६४ अर्धशतक समावेश छ ।

-श्रव्यदृश्य सहित हेर्नुहोस् ।


 

प्रकाशित मिति: बिहीबार, वैशाख १३, २०८१  ०९:०२
प्रतिक्रिया दिनुहोस्