ADD FOR WEBSIDE ADD FOR WEBSIDE
टि–२० विश्वकप :

नेदरल्याण्ड्स दक्षिण अफ्रिकासंग ४ विकेटले पराजित

आइतबार, जेठ २७, २०८१

एजेन्सी : आइसिसी टि–२० विश्वकप क्रिकेटमा नेदरल्याण्ड्स दक्षिण अफ्रिकासंग ४ विकेटले पराजित भएको छ । जितकालागि नेदरल्याण्ड्सले दिएको १०४ रनको लक्ष्य दक्षिण अफ्रिकाले ७ बल बाँकी छँदै ६ विकेटको क्षतिमा भेटायो ।

निकै खराब सुरुवात गरेको दक्षिण अफ्रिकाको जितमो डेभिड मिलर नायक बने । उनले ५१ बलमा नटआउट ५९ रन बनाए । उनेले आफ्नो इनिङ्समा ३ चौका र ४ छक्का प्रहार गरेका थिए ।

कुनै समय दक्षिण अफ्रिकी टोली निकै दयनिय अबस्थामा थियो । ३ रन बनाउँदा दक्षिण अफ्रिकाले ३ विकेट गुमाएको थियो । दक्षिण अफ्रिकाका ६ ब्याट्सम्यानले दोहोरो अंक छुन सकेनन् भने  ३ ब्याट्सम्यानले खाता नै खोल्न सकेनन् । दक्षिण अफ्रिकाको ध्वस्त ईनिङ्स डेभिड मिलर र ट्रिस्टन स्टब्सले उकासेका थिए ।स्टब्सले ३७ बलमा ३३ रन जोडे ।

त्यसअघि न्यूयोर्क स्थित नासाउ काउन्टी अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा टस हारेर पहिले ब्याटिङमा तानिएको नेदरल्याण्ड्सले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १०३ रन बनाएको थियो ।नेदरल्याण्ड्सकालागि साइब्रान्ड एङ्गेलब्रेक्टले सर्वाधिक ४० रनको योगदान गरे । दुई पटक जिवनदान पाएका उनले ४५ बलको सामना गर्दा २ चौका र एक छक्का प्रहार गरे । लोगान भ्यान बीकले २३ रन जोडे ।विक्रमजीत सिंहले १२ तथा कप्तान स्कट एडवर्ड्सले १० रन बनाए ।

नेदरल्याण्ड्सका ६ ब्याट्सम्यानले दोहोरो अंक छुन सकेनन् । १ रन मात्रै जोड्दा नेदरल्याण्ड्सले पहिलो विकेट गुमाएको थियो ।  नेदरल्याण्ड्सलाई सस्तैमा समेट्ने क्रममा बलिङतर्फ ओटिनेल बार्टम्यानले सर्वाधिक ४ विकेट लिए ।

जारी विश्वकपमा समुह डी मा रहेको दक्षिण अफ्रिकाले लगातार दोस्रो जित निकाल्दा  नेदरल्याण्ड्सले पहिलो हार ब्यहोरेको छ ।
 

प्रकाशित मिति: आइतबार, जेठ २७, २०८१  ०६:१२
प्रतिक्रिया दिनुहोस्