ADD FOR WEBSIDE ADD FOR WEBSIDE
टि–२० विश्वकप :

मध्यक्रमका ब्याटर नचल्दा अष्ट्रेलयासंग हार्‍यो इंग्ल्यान्ड

आइतबार, जेठ २७, २०८१

एजेन्सी  :उत्कृष्ठ सुरुवातका बाबजुत आइसिसी टि–२० विश्वकप क्रिकेटमा इंग्ल्यान्डले अस्ट्रेलियासंग ३६ रनको पराजय भोगेको छ । जितकालागि अष्ट्रेलियाले दिएको २०२ रनको लक्ष्य पछ्याएको इंग्ल्याण्डले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १६५ रन मात्रै बनाउन सक्यो । कप्तान जोस बटलरले सर्वाधिक ४२ रनको योगदान गरे । फिल साल्टले ३७,मोईन अलीले २५ तथा ह्यारी ब्रुकले २० रन जोडे ।

जवाफी ब्याटिङमा उत्रिएको इंग्ल्याण्डको सुरुवात भने निकै राम्रो थियो । ओपनर बटलर र साल्टले पहिलो विकेटका लागि ७.१ ओभरमा ७३ रनको साझेदारी गरेका थिए ।  ओपनर ब्याट्सम्यानहरुले राम्रो खेलेपनि इंग्ल्याण्डमा मध्यक्रममा ब्याटरहरुले निराश बनाए ।

अष्ट्रेलियाका लागि प्याट कमिन्स र एडम जाम्पाले सर्वाधिक २–२ विकेट लिए । जोस हेजलउड र मार्कस स्टोइनिसले १–१ विकेट हात पारे । यससँगै अस्ट्रेलियाले प्रतियोगितामा दोस्रो जित दर्ता गरेको छ । यसअघि कङ्गारु टोलीले ओमानलाई हराएको थियो । जितपछि अष्ट्रेलियाले २ खेलबाट ४ अंक जोड्दैै समूह बी को शीर्ष स्थानमा पुगेको छ । 

प्रकाशित मिति: आइतबार, जेठ २७, २०८१  ०६:३४
प्रतिक्रिया दिनुहोस्