ADD FOR WEBSIDE ADD FOR WEBSIDE
विश्वकप क्रिकेट:

जितका लागि युगाण्डासामु १७४ रनको चुनौती

आइतबार, जेठ २७, २०८१


काठमाडौँ: आईसीसी टी ट्वान्टी विश्वकपमा जितका लागि युगाण्डाले १७४ रनको चुनौती पाएको छ । 


टस जितेर शुरुवाती ब्याटिङमा उत्रिएको वेष्ट इण्डिजले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १७३ रनको योगफल तयार पारेको छ ।
वेष्ट इण्डिजका लागि जोनसन चाल्र्सले सर्वाधिक ४४ रन जोडेर क्याच आउट भए । रोभम्यान पावेलले २३  तथा निकोलस पुरन र शेर्फेन रदरफोर्डले समान २२/२२ रन बनाए । ब्रान्डन किङ १३ रनमा समेटिए । आन्द्रे रसेल ३० र रोमारियो शेफर्ड ५ रनमा नट आउट रहे ।


बलिङतर्फ ब्रायन मसाबाले दुई तथा अल्पेश रामजानी, कोसमस क्युता र दिनेश नकर्मीले समान एक /एक विकेट लिए । 


ससमुह सी अन्तर्गतको यी दुइ टोलीले समान २ अंक जोडेको छ । यसअघि एक खेल खेलेको वेष्ट इण्डिज आइतवार दोस्रो जित निकाल्ने दाउमा छ । उसले जुन २ मा खेलेको पहिलो खेलमा पीएनजीविरुद्ध ५ विकेटको जित हात पारेको थियो ।


दुइ खेलमा एकमा जित र एकमा पराजय भोगेको युगाण्डापनि दोस्रो जितको खोजीमा मैदान उत्रिएको छ ।
जुन ३ तारेखमा भएको खेलमा युगाण्डाले अफगानिस्तानसँग १२५ रनको फराकिलो हार ब्यहोरेको थियो भने जुन ५ मा भएको खेलमा पीएनजीविरुद्ध ३ विकेटको जित निकालेको थियो ।


 

प्रकाशित मिति: आइतबार, जेठ २७, २०८१  ०७:५४
प्रतिक्रिया दिनुहोस्