ADD FOR WEBSIDE ADD FOR WEBSIDE

युगाण्डाविरुद्ध वेष्ट इण्डिजको फराकिलो जित

आइतबार, जेठ २७, २०८१

काठमाडौँ: आईसीसी टी ट्वान्टी विश्वकपमा वेष्ट इण्डिजले लगातार दोस्रो जित हात पारेको छ । 
गुयनास्थित प्रोभिडेन्स ओभल स्टेडियममा भएको खेलमा वेष्ट इण्डिजले युगान्डालाई १३४ रनको फराकिलो अन्तरले हराउँदै दोस्रो जित निकालेको हो ।
जितका लागि १७४ रनको लक्ष्य पछ्याएको युगाण्डा १२ ओभरमा अलआउट हुँदै मात्र ३९ रनमा समेटियो । युगाण्डाका लागि जुमा मियागीले १३ रन जोड्दै अविजित रहँदा अन्य कुनैपनि ब्याटरले दोहोरो अंकको रन जोड्न सकेनन् ।


बलिङतर्फ अकेल होसिनले सर्वाधिक ५ विकेट झारे । अलजारी जोसेफले २ तथा रोमारियो सेफर्ड, आन्द्रे रसेल र गुडाकेश मोतीले समान एक एक विकेट लिए ।


त्यसअघि टस जितेर शुरुवाती ब्याटिङमा गरेको वेष्ट इण्डिजले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १७३ रनको योगफल तयार पारेको थियो ।
उसको लागि लागि जोनसन चाल्र्सले सर्वाधिक ४४ रन जोडेर क्याच आउट भए । रोभम्यान पावेलले २३  तथा निकोलस पुरन र शेर्फेन रदरफोर्डले समान २२ २२ रन बनाए । ब्रान्डन किङ १३ रनमा समेटिए । आन्द्रे रसेल ३० र रोमारियो शेफर्ड ५ रनमा नट आउट रहे ।


बलिङतर्फ युगाण्डाले ब्रायन मसाबाले दुई तथा अल्पेश रामजानी, कोसमस क्युता र दिनेश नकर्मीले समान एक ÷एक विकेट लिए । 

प्रकाशित मिति: आइतबार, जेठ २७, २०८१  ०९:२२
प्रतिक्रिया दिनुहोस्