ADD FOR WEBSIDE ADD FOR WEBSIDE
विश्वकप क्रिकेट

भारत र पाकिस्तान आमने सामने

आइतबार, जेठ २७, २०८१

काठमाडौं: नेपालको छिमेकी मुलुक भारत र पाकिस्तान आइतवार क्रिकेट मैदानमा आमने सामने हुँदैछन् । 


सीमा विवादका कारण राजनीतिक तथा प्रशासनिक रुपमा अन्तराष्ट्रिय मञ्च साझा गर्नसमेत नमानेका दुइ मुलुकबीच आइसीसी पुरुष टी ट्वान्टी विश्वकप क्रिकेटको प्रतिष्पर्धामा  एकै मैदानमा आमनेसामने भएका हुन् ।


यी दुई टोलीबीचको खेल न्युयोर्कको नासाउ काउन्टी स्टेडियममा स्थानीय समय अनुसार बिहान १०ः३० बजे र नेपाली समय अनुसार आइतवार बेलुकी ८ः १५ बजे शुरु हुनेछ । यी दुई टोलीबीचको खेललाई विश्वकप २०२४ कै सबैभन्दा ठूलो खेल मानिएको छ ।


भारत र पाकिस्तानको राजनैतिक विचनलका कारण खेल थप रोमाञ्चक हुने अनुमान गरिएको छ । यद्यपी, यसअघि नै भारतले आफ्नो अभ्यास खेल र समुह अन्तर्गतको पहिलो खेल खेलिसकेको कारण भारत निर्धक्क देखिएको छ । 


भारतले सुखद शुरुवात गरेको विश्वकप यात्रामा पाकिस्तानले भने अमेरिकासँग पराजित हुँदै  खराब शुरुवात गरेको छ ।
समुह ए अन्तर्गतको खेलमा भारतले जुन ५ मा आयरल्याण्डको सामना गरेको थियो । जहाँ भारत ८ विकेटले विजयी बनेको थियो ।
पाकिस्तान भने पहिलो खेलमै विश्वकपको सहआयोजक राष्ट्र अमेरिकासँग स्तब्ध बनेको थियो । अमेरिकाले पाकिस्तानलाई सुपर ओभरमा हराएको थियो ।

प्रकाशित मिति: आइतबार, जेठ २७, २०८१  ०९:३४
प्रतिक्रिया दिनुहोस्