ADD FOR WEBSIDE ADD FOR WEBSIDE
टी–२० विश्कप :

भारतविरुद्ध पाकिस्तानले टस जित्यो, वर्षाका कारण ४५ मिनेट ढिला  सुरु

आइतबार, जेठ २७, २०८१

ऐजेन्सी :आइसीसी टी–२० विश्कप क्रिकेट अन्तर्गत हेवी वेटका भारत र पाकिस्तानको खेल सुरु भएको छ । न्युयोर्कको नासाउ काउन्टी स्टेडियममा पाकिस्तानले टस जितेर फिल्डिङ रोजेपछि भारतले पहिले ब्याटिङ गरिरहेको छ । 

वर्षा बाधक बन्दा निर्धारित समयमा टस समेत हुन सकेको थिएन । टस भएपनि  मैदान भिजेकाले करिब ४५ मिनेटपछि खेल सुरु भएको हो । 

पाकिस्तानको प्लेइङ इलेभेन :
पाकिस्तानका प्लेइङ इलेभेन - मोहम्मद रिजवान (विकेटकिपर), बाबर आजम (कप्तान), उस्मान खान, फखर जमान, शादाब खान, इफ्तिखार अहमद, इमाद वासिम, शाहिन अफ्रिदी, हरिस रउफ, नसीम शाह र मोहम्मद आमिर।

भारतको प्लेइङ इलेभेन :
टीम इन्डियाको प्लेइङ इलेभेन – रोहित शर्मा (कप्तान), विराट कोहली, ऋषभ पन्त (विकेटकिपर), सूर्यकुमार यादव, शिवम दुबे, हार्दिक पाण्ड्या, रविन्द्र जडेजा, अक्षर पटेल, जसप्रित बुमराह, मोहम्मद सिराज, अर्शदीप सिंह।

प्रकाशित मिति: आइतबार, जेठ २७, २०८१  २१:०२
प्रतिक्रिया दिनुहोस्