ADD FOR WEBSIDE ADD FOR WEBSIDE
टी–२० विश्कप :

भारतद्धारा पाकिस्तानसामु रनको १२० चुनौति पेश 

आइतबार, जेठ २७, २०८१

एजेन्सी :आइसीसी टी–२० विश्कप क्रिकेटमा भारतले पाकिस्तानसामु जितकालागि १२० रनको लक्ष्य प्रस्तुत गरेको छ । न्युयोर्कको नासाउ काउन्टी स्टेडियममा पाकिस्तानले टस जितेर फिल्डिङ रोजेपछि पहिले ब्याटिङ थालेको भारतले १९  ओभरमा सवै विकेट विकेट गुमाउँदै ११९  रन मात्र बनाउन सक्यो ।

भारतकालागि ऋषभ पन्तले सर्वाधिक ४२ रनको योगदान गरे । ३१ बलको सामना गरेका उनले ६ चौका प्रहार गरे । अक्षर पटेलले २० तथा कप्तान रोहित शर्माले १३ रन जोडे । सूर्य कुमार यादव , मोहमद सिराज र हार्दिक पाण्ड्याले ७/७ रन बनाउँदा बिराट कोहलीले ४ तथा शिवम दुबे ३ रनमा समेटिए ।  अर्शदीप सिंहले ९ रन बनाउँदा जसप्रित बुमराहले खाता नै खोल्न सकेनन् । 

बलिङतर्फ नसीम शाह र हरिस रउफले सर्वाधिक ३/३ विकेट लिए । मोहम्मद आमिरले दुई तथा शाहिन अफ्रिदीले समान एक/एक विकेट लिए ।

१४.१ ओभरमा ६ विकेटको क्षतिमा ९६ रनमा रहेको भारतले त्यसपछि लगातार विकेट गुमाउन पुग्यो । ऋषभ पन्त आउट भएपछि ब्याटिङमा आएका रबिन्द्र जडेजा मोहम्मद आमिरको बलमा बाबर आजमको हातबाट पहिलो बलमै क्याच हुन पुगे । एकै ओभरमा आमिरले जडेजा र पन्तलाई पवेलियनको बाटो हिँडाएका थिए । 
 

प्रकाशित मिति: आइतबार, जेठ २७, २०८१  २३:२९
प्रतिक्रिया दिनुहोस्