ADD FOR WEBSIDE ADD FOR WEBSIDE

जित्दा जित्दै हार्‍यो पाकिस्तान,गुमाएको खेल भारतले जित्यो

पाकिस्तान साँतौ पटक स्तब्ध
सोमबार, जेठ २८, २०८१

एजेन्सी :आइसीसी टी–२० विश्वकप क्रिकेटमा भारतले पाकिस्तानविरुद्ध रोमाञ्चक जित निकालेको छ । भारतीय बलहरुले कसिलो बलिङ गरेपछि पाकिस्तानले जितिसको खेल भारतलाई सुम्पन पुग्यो । भारतले भने माया मारिसकेको खेल जितेको हो ।

जितकालागि १२० रनको लक्ष्य पछ्याएको पाकिस्तानले निर्धारित ओभरमा ७ विकेट गुमाउँदै ११३ रन मात्र बनाएपछि भारतले ६ रनको रोमाञ्चक जित निकालेको हो ।

पाकिस्तानकालागि मोहम्मद रिजवानले सर्वाधिक ३१ रनको योगदान गरे । एमाद वासिमले १५ तथा  कप्तान बाबर आजम,फखर जामानर उस्मान खानले समान १३/१३ रन जोडेपनि अन्य ब्याटरले सम्झन लायकको प्रदर्शन गर्न सकेनन् ।  पाकिस्तानलाई सस्तैमा समेट्ने क्रममा जसप्रिम बुमराह नायक बने । ४ ओभर बलिङ गरेका उनले १४ रन खर्चिएर महत्वपूर्ण ३ विकेट हात पारे । हार्दिक पाण्ड्याले २ विकेट लिए ।

त्यसअघि न्युयोर्कको नासाउ काउन्टी स्टेडियममा पाकिस्तानले टस जितेर फिल्डिङ रोजेपछि पहिले ब्याटिङ थालेको भारतले १९  ओभरमा सवै विकेट विकेट गुमाउँदै ११९  रन मात्र बनाउन सक्यो ।

भारतकालागि ऋषभ पन्तले सर्वाधिक ४२ रनको योगदान गरे । ३१ बलको सामना गरेका उनले ६ चौका प्रहार गरे । अक्षर पटेलले २० तथा कप्तान रोहित शर्माले १३ रन जोडे । सूर्य कुमार यादव , मोहमद सिराज र हार्दिक पाण्ड्याले ७/७ रन बनाउँदा बिराट कोहलीले ४ तथा शिवम दुबे ३ रनमा समेटिए ।  

अर्शदीप सिंहले ९ रन बनाउँदा जसप्रित बुमराहले खाता नै खोल्न सकेनन् ।  बलिङतर्फ नसीम शाह र हरिस रउफले सर्वाधिक ३÷३ विकेट लिए । मोहम्मद आमिरले दुई तथा शाहिन अफ्रिदीले समान एक/एक विकेट लिए ।
पाकिस्तान सातौं पटक भारतसंग पराजित ।
टी–२० विश्वकपको इतिहासमा पाकिस्तान भारतसंग  सातौं पटक पराजित भएको हो । दुई टोलीबीच पहिलो भिडन्त सन् २००७ को विश्वकपमा भएको थियो । जारी विश्वकप अघि भारत र पाकिस्तानबीच ७ देल भएका थिए । जसमा भारतले ६ खेल जित्दा पाकिस्तानले १ खेल जितेको थियो । 

प्रकाशित मिति: सोमबार, जेठ २८, २०८१  ०१:५३
प्रतिक्रिया दिनुहोस्