ADD FOR WEBSIDE ADD FOR WEBSIDE

सन्दीप लामिछानेले विश्वकप खेल्ने

सोमबार, जेठ २८, २०८१

काठमाडौँ  : सन्दीप लामिछानेले आईसीसी टी–२० विश्वकपका बाँकी खेलहरु खेल्ने भएका छन् ।

अमेरिकाले भिषा नदिएपनि लामिछानेलाई बाँकी खेलहरु खेलाउन वेस्ट इन्डिज पठाउन लागेको नेपाल क्रिकेटसंघ क्यानका सचिव पारस खड्काले जनाकारी दिए ।

नेपालले वेष्टइण्डिजमा दक्षिण अफ्रिका र वंगलादेशसँग दुई ओटा खेल खेल्ने छ । यी दुवै खेलमा लामिछानेले सहभागिता जनाउने सचिव खड्काले बताए । बलात्कार मुद्दामा उच्च अदालत पाटनले सफाइ दिएसँगै सन्दीपलाई विश्वकप खेल्ने आधिकारिक १५ जनाको टोलीमा समावेश गरी अन्तिम नामावली आईसीसीलाई बुझाएको समेत नेपाल क्रिकेट संघ क्यानले जनाएको छ ।

उच्च अदालत पाटनले गत मे १५ मा दिएको फैसलासँगै नेपाल क्रिकेट संघले पूर्व घोषित टिमबाट युवा बलर प्रतिश जिसीलाई ट्राभलिङ रिजर्भमा राख्ने निर्णय गर्दै लामिछानेलाई विश्वकप खेल्ने आधिकारिक १५ जना टोलीको अन्तिम नामावली आईसीसी सामु पेश गरेको समेत खड्काले बताएका छन् ।

लामिछाने गत मे १६ तारिखदेखि नै नेपालको अफिसियल स्क्वाडमा रहेका तर उनको अमेरिकी भिसा प्राप्त नभएता पनि आईसीसीसँग समन्वय गरी वेस्ट इन्डिजमा हुने दक्षिण अफ्रिका तथा बंगलादेश विरुद्ध नेपालका दुई खेलमा उनको उपस्थिति रहने क्यानले विज्ञप्तीमार्फत पुष्टि गरेको हो । 

447740643_883979943758387_1311335937580411858_n-1717985997.jpg


 

प्रकाशित मिति: सोमबार, जेठ २८, २०८१  ०७:५९
प्रतिक्रिया दिनुहोस्