ADD FOR WEBSIDE ADD FOR WEBSIDE

विश्वकप खेल्न सन्दीप वेष्टईण्डिजमा

सोमबार, जेठ २८, २०८१

काठमाडौँ : विश्वकप खेल्न लामिछाने वेष्टईण्डिजमा पुगिसकेका छन् । नेपाल क्रिकेटसंग क्यानले जारी विश्वकप अन्तर्गत वेष्टईण्डिजमा हुने दुई खेल लामिछानेले खेल्ने जानकारी दिए लगत्तै लामिछानले सोमवार सामाजिक सञ्जालमार्फ आफु वेष्टईण्डिजमा आईसकेको पुष्टि गरेका हुन् ।

वेस्ट इन्डिजमा अन्तिम दुई खेलका लागि राष्ट्रिय टोलीमा आबद्ध भएको पनि उनले जानकारी दिएका छन् । आफु  र सबै क्रिकेट प्रेमीहरूको सपना पूरा गर्न तत्पर रहेको बताउँदै लामिछानेले यात्रालाई सम्भव बनाउन साथ दिने क्यानका अध्यक्ष चतुरबहादुर चन्द,सचिव पारस खड्का , वकिल सरोजे घिमिरे , विनोद दासलाई समेत धन्यवाद दिएका छन् । 
 

प्रकाशित मिति: सोमबार, जेठ २८, २०८१  ०८:२९
प्रतिक्रिया दिनुहोस्