ADD FOR WEBSIDE ADD FOR WEBSIDE

टि–ट्वेन्टी महिला क्रिकेटमा रोहमालियाको बिश्व किर्तिमान

डेब्यु खेलमै लिईन ७ विकेट 
शुक्रबार, वैशाख १४, २०८१

काठमाण्डौँ । टि–ट्वेन्टी महिला क्रिकेटमा १७ बर्षिया एक किशोरीले बिश्व किर्तिमान तोडेकी छन् । मंगोलिया बिरुद्धको खेलमा ईण्डोनेसियाकी रोहमालियाले अन्तर्राष्ट्रिय डेब्यु खेलमै महिला टी–२० मा ७ विकेट लिएर बिश्व कीर्तिमान तोडेकी हुन्  । ३.२ ओभर बलिङ गरेकी उनले ३ ओभर मेडन राख्दै बिना रन ७ विकेट लिएकी हुन् ।

बिहिबार भएको खेलमा  ओपनर नी पुतु अयु नंदा सकारिनीको ६१ रनमा इन्डोनेसियाले ५ विकेटमा १५१ रन बनाएको थियो । जवाफमा मंगोलिया २४ रनमा अलआउट हुन पुग्यो । यसअघि सन् २०२१ मा  नेदरल्याण्ड्सकी फ्रेडरिक ओभरडाइकले फ्रान्सबिरुद्धको खेलमा ३ रन दिएर ७ विकेट लिएकी थिईन् ।

सन् २०२२ मा भएको खेलमा अर्जेन्टिनाकी एलिसन स्टकसले पनि ३ नै रन दिएर ७ विकेट लिएकी थिईन् । सन् २०२३ मा बोत्स्वानाकी गोबिल्वे माटोमले लेसोथोबिरुद्ध १ रन दिएर ६ विकेट लिएकी थिईन् । यसकी अघि उक्त किर्तिमान नेपालको नाममा थियो । सन् २०१९ मा माल्दिभ्सबिरुद्धको खेलमा नेपालकी अञ्जली चन्दले बिना रन ६ विकेट लिएकी थिईन् ।

 

पुरुष टी–२० तर्फ भने उक्त किर्तिमान मलेसियाको नाममा छ । चीन बिरुद्धको खेलमा गत बर्ष मलेसियाका मस्याजरुल इद्रुसले ७ विकेट लिएका थिए । ४ ओभर बलिङ गरेका उनले एक मेडन राख्दै ८ रन खर्चिएर ७ विकेट लिएका थिए । नेपालका अबिनाश बोहरा ८ औँ स्थानमा छन् । उनले गत बर्ष चीनमा भएको खेलमा माल्दिभ्स बिरुद्ध ६ विकेट लिएका थिए ।


 

प्रकाशित मिति: शुक्रबार, वैशाख १४, २०८१  ०८:५६
प्रतिक्रिया दिनुहोस्