ADD FOR WEBSIDE ADD FOR WEBSIDE

पूर्वाधार निर्माणको गति बुझ्न खेलकुद मन्त्री सुर्खेतमा 

सोमबार, जेठ २८, २०८१

काठमाडौँ : युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठले  १०औँ राष्ट्रिय खेलकुद प्रतियोगिता निर्धारित समयमै हुने बताएका छन् । आगामी मङ्सिरमा हुने १०औँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि खेल पूर्वाधार तथा निर्माणको गति बुझ्न सुर्खेत पुगेका मन्त्री श्रेष्ठले सोमवार निर्माणस्थलको अनुगमन समेत गरेका छन् ।

वीरेन्द्रनगरस्थित निर्माणाधीन प्रदेश रङ्गशालाको अनुगमन तथा निरीक्षण गरेपछि मन्त्री श्रेष्ठले कर्णालीमा खेलकुदको भारी विकास हुने विश्वास व्यक्त गरेका छन् । मन्त्री श्रेष्ठले कर्णालीले पहिलोपटक यति ठूलो संरचना निर्माण गर्दा कर्णालीको खेलकुद विकास मात्र नभइ, अन्य क्षेत्रले पनि सिको गर्न सक्ने दाबी गरेका छन् ।

संरचना निर्माणको सन्दर्भमा सङ्घले बजेट दिन नसकेको स्वीकार गर्दै उनले केन्द्रले १० करोड छुट्याउन खोजेको तर बजेट अभावका कारण प्रतियोगितामा मात्रै केन्द्रित गरिएको बताएका हुन् ।
 

प्रकाशित मिति: सोमबार, जेठ २८, २०८१  १८:३४
प्रतिक्रिया दिनुहोस्