ADD FOR WEBSIDE ADD FOR WEBSIDE
टि–२० विश्वकप :

बंगलादेशवीरुद्ध दक्षिण अफ्रिकाले टस जित्यो,पहिले ब्याटिङ थाल्ने

सोमबार, जेठ २८, २०८१

एजेन्सी  : टि–२० विश्वकप क्रिकेटमा अहिले समुह डी मा रहेको दक्षिण अफ्रिका र बंगलादेशबीच प्रतिस्पर्धा भईरहेको छ ।

न्यूयोर्क स्थित नासाउ काउन्टी अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियमा जारी खेलमा टस जितेको दक्षिण अफ्रिकाले  सुरुवाती ब्याटिङ थालेको छ । खेलेका दुबै खेलमा जित निकाल्दै समुहको शिर्ष स्थानमा रहेको दक्षिण अफ्रिका सोमवार बंगलादेशलाई हराउँदै लगातार तेस्रो जित निकाल्न चाहन्छ ।

पहिलो खेलमा श्रीलंकालाई हराउँदै उच्च मनोवलमा रहेको बंगलादेशपनि दक्षिण अफ्रिकालाई हराउने रणनितिमा छ । बंलादेश र दक्षिण अफ्रिकाबीच अहिलेसम्म ८ ओटा खेल भएका छन् । जसमा सवै खेल दक्षिण अफ्रिकाले जितेको छ ।  जारी विश्वकपमा समुह डी मा रहेका दक्षिण अफ्रिका ४ अंक सहित शिर्ष स्थानमा छ । २ अंक सहित बंगलादेश दोस्रो स्थानमा छ । समान अंकको नेदरल्याण्ड्स तेस्रो तथा नेपाल चौथो स्थानमा रहँदा श्रीलंका पाँचौ स्थानमा छ ।

प्रकाशित मिति: सोमबार, जेठ २८, २०८१  २०:११
प्रतिक्रिया दिनुहोस्