ADD FOR WEBSIDE ADD FOR WEBSIDE
टि–२० विश्वकप :

दक्षिण अफ्रिकाद्धारा बंगलादेशसामु ११४ रनको लक्ष्य 

सोमबार, जेठ २८, २०८१

काठमाडौँ  : आएसीसी टि–२० विश्वकप क्रिकेटमा दक्षिण अफ्रिकाले जितकालागि बंगलादेशसामु ११४ रनको लक्ष्य दिएको छ ।

न्यूयोर्क स्थित नासाउ काउन्टी अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियमा टस जितर पहिले  ब्याटिङ थालेको दक्षिण अफ्रिकाले निर्धारित २० ओभरमा विकेट ६ गुमाएर ११३ रन बनायो । उसकालागि हेनरिक क्लासेनले सर्वाधिक ४६ रनको योगदान गरे । ४४ बलको सामना गरेका उनले २ चौका र ३ छक्का प्रहार गरे । डेभिड मिलरले २९ तथा क्विन्टन डे ककले १८ रन बनाए ।

क्लासेन र मिलरले पाँचौ विकेटका लागि ७९ रनको किर्तिमानी साझेदारी गरे ।

कप्तान एडेन मार्कराम ४ रनमा पवेलियन फर्कदा ट्रिस्टन स्टब्स र रीजा हेन्ड्रिक्सले खाता नै खोल्न सकेनन् । बलिङ तर्फ तन्जिम हसन साकिबले सर्वाधिक ३ तथा तस्किन अहमदले २ विकेट लिए ।

खेलेका दुबै खेलमा जित निकाल्दै समुहको शिर्ष स्थानमा रहेको दक्षिण अफ्रिका सोमवार बंगलादेशलाई हराउँदै लगातार तेस्रो जित निकाल्न चाहन्छ ।

पहिलो खेलमा श्रीलंकालाई हराउँदै उच्च मनोवलमा रहेको बंगलादेशपनि दक्षिण अफ्रिकालाई हराउने रणनितिमा छ । बंलादेश र दक्षिण अफ्रिकाबीच अहिलेसम्म ८ ओटा खेल भएका छन् । जसमा सवै खेल दक्षिण अफ्रिकाले जितेको छ ।  
 

प्रकाशित मिति: सोमबार, जेठ २८, २०८१  २१:५५
प्रतिक्रिया दिनुहोस्