ADD FOR WEBSIDE ADD FOR WEBSIDE
टि–२० विश्वकप :

दक्षिण अफ्रिकाको रोमाञ्चक जित, बंगलादेश ४ रनले पराजित

बंगलादेशको हारले नेपाललाई समुहको शिर्ष दुईमा रहने बाटो खुल्ला
मंगलबार, जेठ २९, २०८१

काठमाडौँ : आइसीसी टि–२० विश्वकप क्रिकेटमा दक्षिण अफ्रिकाले लगातार तेस्रो जित निकालेको छ । सोमवार राती भएको खेलमा बंगलादेशमाथि ४ रनको रोमाञ्चक जित निकालेको हो । अन्तिम ओभरमा स्पिन बलर केशव महाराजले कसिलो बलिङ गरेपछि दक्षिण अफ्रिकाले रोमाञ्चक जित निकालेको हो ।

जितका लागि ११४ रनको लक्ष्य पछ्याएको बंगालादेशले निर्धारित ओभरमा ७ विकेट गुमाएर १०९ रन मात्र बनाउन सक्यो । उसकालागि तौहिद हृदयले बनाएको ३७ रन नै सर्वाधिक रह्यो । बंगलादेशको सुरुवात निकै खराब रह्यो ।

हृदय र महमुदुल्लाहले  ४४ रनको महत्वपूर्ण साझेदारी खेलेपनि जित दिलाउन सकेनन् । हृदयले ३४ बलमा ३७ रन बनाएका थिए । दक्षिण अफ्रिकाले अन्तिम ५ ओभरमा निकै कसिलो बलिङ गरेको थियो । जसमा उसले ३० रन मात्र दियो ।

त्यसअघि  न्यूयोर्क स्थित नासाउ काउन्टी अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियमा टस जितर पहिले  ब्याटिङ थालेको दक्षिण अफ्रिकाले निर्धारित २० ओभरमा विकेट ६ गुमाएर ११३ रन बनायो । उसकालागि हेनरिक क्लासेनले सर्वाधिक ४६ रनको योगदान गरे । ४४ बलको सामना गरेका उनले २ चौका र ३ छक्का प्रहार गरे । डेभिड मिलरले २९ तथा क्विन्टन डे ककले १८ रन बनाए । क्लासेन र मिलरले पाँचौ विकेटका लागि ७९ रनको किर्तिमानी साझेदारी गरे ।

कप्तान एडेन मार्कराम ४ रनमा पवेलियन फर्कदा ट्रिस्टन स्टब्स र रीजा हेन्ड्रिक्सले खाता नै खोल्न सकेनन् । बलिङ तर्फ तन्जिम हसन साकिबले सर्वाधिक ३ तथा तस्किन अहमदले २ विकेट लिए ।

बंगलादेशको हारले नेपाललाई समुहको शिर्ष दुईमा रहने बाटो खुल्ला भएको छ । 

प्रकाशित मिति: मंगलबार, जेठ २९, २०८१  ०७:००
प्रतिक्रिया दिनुहोस्