ADD FOR WEBSIDE ADD FOR WEBSIDE
टि–२० विश्वकप :

पाकिस्तानको भाग्य फैसला आज 

मंगलबार, जेठ २९, २०८१

काठमाडौँ : आइसीसी टि–२० विश्वकप क्रिकेटमा मंगलवार एक मात्र खेल हुने भएको छ ।

समुह ‘ए’ अन्तर्गतको खेलमा क्यानाडा र पाकिस्तानबीच प्रतिस्पर्धा हुने भएको हो । यी दुई टोली बिचको खेल नेपाली समयअनुसार राती सवा ८ बजे न्यूयोर्कमा हुनेछ । सुपर ८ मा पुग्न पाकिस्तानलाई मंगलवारको खेलमा जित्नै पर्ने दवाव छ ।

यस अघिका दुवै खेल हारिसकेकाले आज (मंगलवार) को खेलमा जित निकाल्न नसके पाकिस्तान समुह चरणबाटै बाहिरिने छ । जितविहिन पाकिस्तान समुह ‘ए’ को चौथो स्थानमा छ ।

एक खेलमा जित र एक खेलमा हार ब्यहोरेको क्यानाडा २ अंक सहित दोस्रो स्थानमा छ । भारत ४ अंक सहित शिर्ष स्थानमा छ भने समान अंकको अमेरिका दोस्रो स्थानमा छ ।

पहिलो खेलमा पाकिस्तान सुपर ओभरमा अमेरिकासंग पराजित भएको थियो भने दोस्रो खेलमा भारतसंग अर्को हार ब्यहारेको थियो ।

सजिलो तरिकाले बुझौँ पाकिस्तानको सुपर ८ सम्भावना :

१ .सुपर ८ मा पुग्न १२ जुनमा भारत र अमेरिकाबीच प्रतिस्पर्धा हुँदैछ । उक्त खेलमा भारतले खेल जित्नु पर्नेछ । अन्यथा पाकिस्तानको सुपर ८ सम्भाना टुंगिने छ । 
२ .जुन १४ मा अमेरिका र आयरल्याण्डबीच अर्को खेल हुनेछ । यस खेलमा पाकिस्तानले आयरल्यान्डको जित र अमेरिकाको हारको आशा राख्नुपर्नेछ ।  जसले गर्दा सुपर–८ मा पुग्ने पाकिस्तानको आशा जिवितै रहने छ ।
३ .भारत र क्यानडाबीचको खेल १५ जुनमा हुनेछ । यस खेलमा पनि पाकिस्तानले भारतको जितको कामना गर्नुपर्ने छ । 
४.  जुन १६ मा पाकिस्तानले समूह चरणको अन्तिम खेल आयरल्याण्डसँग खेल्नेछ । पाकिस्तानले कुनैपनि हालतमा यो खेल जित्नैपर्छ । आयरल्याण्डसँगको खेलमा पाकिस्तानले हार्यो भने सुपर ८ मा पुग्ने उसको सपना चकनाचुर हुनेछ ।
नोट :तर यस समीकरणपछि पनि कुरा नेट रन रेटमा अड्किनेछ । यदि सम्पूर्ण समीकरण यस्तै रह्यो भने पाकिस्तान र अमेरिकामा राम्रो नेट रन रेट भएको टोली सुपर–८ मा पुग्ने छ ।

प्रकाशित मिति: मंगलबार, जेठ २९, २०८१  ०७:२४
प्रतिक्रिया दिनुहोस्