ADD FOR WEBSIDE ADD FOR WEBSIDE

कप्तान रोहित भन्छन् : "श्रीलंकालाई हराउँछौ, आत्मविश्वास छ"

मंगलबार, जेठ २९, २०८१

काठमाडौँ : नेपाली क्रिकेट टोलीका कप्तान रोहित पौडेलले श्रीलंकाविरुद्ध जित निकाल्ने दाबी गरेका छन् ।

बुधवार हुने श्रीलंकाविरूद्ध खेल अघिको पत्रकार सम्मेलनमा बोल्दै पौडेलले नेपाली क्रिकेट कुनै पनि टोलीलाई हराउन सक्षम रहेको बताएका हुन् । जारी विश्वकपमा अप्रत्यासित नतिजाहरु आईरहेकाले सबै जना चकित भईरहेको भन्दै उनले नेपाल भन्दा बढी दबावमा श्रीलंका रहेको समेत बताए ।

एसोसिएट टोलीभन्दा बढी टेष्ट राष्ट्रमा रहेको दबावको सदुपयोग गरेर नेपालले श्रीलंकालाई हराउने बताएका हुन् । “यदि हामीले परिस्थितिको सामना गर्छौं र आफ्नो सीप खेर फालेनौँ भने हामी कुनै पनि टोलीलाई हराउन सक्षम छौं ।", उनले भने "त्यो विश्वास हामीसंग छ ।"

कप्तान पौडेलले श्रीलंकासँगको खेलका लागि उत्साहित रहेको पनि सुनाए ।
 

प्रकाशित मिति: मंगलबार, जेठ २९, २०८१  १०:४३
प्रतिक्रिया दिनुहोस्