ADD FOR WEBSIDE ADD FOR WEBSIDE

आईसीसीको नियमले हार्‍यो बंगलादेश,यो नियमले कुनै पनि टोलीलाई बर्बाद गर्न सक्छ

मंगलबार, जेठ २९, २०८१

काठमाडौँ :अन्तराष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) को नियमका कारण बंगलादेश दक्षिण अफ्रिकासंग पराजित हुन पुग्यो ।

दक्षिण अफ्रिकासँगको खेलमा बंगलादेश ४ रनले पराजित भएको थियो । अम्पायरले खेलमा बंगलादेशलाई चौका दिएन । जुन चौका बंगलादेशलाई जित दिलाउन सक्थ्यो ।

खेलको विजयी रन साबित हुन सक्ने चौका अम्पाएरले किन दिएनन् त ? बंगलादेशको हारको कारण बनेकोे आईसीसीको यो नियम बारे बुझौँ ।

दक्षिण अफ्रिकाले दिएको ११४ रनको लक्ष्य पछ्याउने क्रममा दोस्रो इनिङ्समा बंगलादेशले १७ औं ओभरको दोस्रो बलमा पाएको लेग बाईको चार रन अम्पायरले दिन अस्वीकार गर्यो ।

अफ्रिकी फास्ट बलर ओटनियल बार्टम्यानले बंगलादेशका ब्याट्सम्यान महमुदुल्लाहलाई बल फ्याँके जुन बल उनको प्याडमा लागेर पछाडी गएर बाउन्ड्री रेखा पार गर्यो ।कानुनी रूपमा यसलाई लेग बाइ फोर दिनुपर्थ्यो ।  तर, बल बाउन्ड्री लाइनमा पुग्नुअघि नै अफ्रिकाले एलबीडब्ल्यूको अपिल गर्यो ।

अफ्रिकाको अपिलमा फिल्ड अम्पायरले महमुदुल्लाहलाई आउट दिए । तर महमुदुल्लाहले तुरुन्तै रिभ्यु मागे । त्यसपछि थर्ड अम्पायरले उनलाई नटआउट दिए । यसका आधारमा तपाईको दिमागमा के कुरा खेलिरहेको होला भने नटआउट भएपछि बंगलादेशलाई लेग बाईमा चार रन दिनुपर्छ । तर  आईसीसीको नियमले त्यसो भनेन ।  

नयाँ नियम अनुसार अम्पायरले आउटका लागि औंला उठाएमा बलमा लागेको बाउन्ड्री वा लिएको कुनै पनि रन गणना हुने छैन । अम्पायरले आउट दिएपछि बल डेड हुने नयाँ नियममा उल्लेख छ । 

आईसीसीको यो नियमले कुनै पनि टोलीलाई बर्बाद गर्न सक्छ :

आईसीसीको यो नियमले कुनै पनि टोलीलाई क्षणभरमा बर्बाद गर्न सक्छ । उदाहरणका लागि मानौं नेपालले विश्वकपको फाइनलमा भारतसंग खेलीरहेको छ ।

अन्तिम बलमा नेपालाई १ वा २ रन मात्र आवश्यक छ  । जसप्रित बुमराहले फ्याँकेको बल दिपेन्द्र सिं ऐरीको  प्याडमा लाग्न पुग्छ । ऐरीले दौडेर २ रन लिन्छन्, तर भारतीय फिल्डिङ टोलीले त्यो समयमा अपिल गर्छ । अनि फिल्ड अम्पायरले ऐरीलाई आउट दिए । तर, नेपालले रिभ्यु लिन्छ र यथार्थमा ऐरी नटआउट देखिन्छ ।

आईसीसीको यस नियममा रिभ्यु पछिको समीक्षाको कुनै फाइदा हुनेछैन किनभने नियम अनुसार ब्याट्सम्यानको रनमा १ वा २ रन थपिने छैन  । यस्तो अबस्थामा बिपक्षी यानकी भारतले खेल जित्ने छ । 

प्रकाशित मिति: मंगलबार, जेठ २९, २०८१  ११:३३
प्रतिक्रिया दिनुहोस्