ADD FOR WEBSIDE ADD FOR WEBSIDE
टि–२० विश्वकप :

क्यानडाले पाकिस्तानलाई दियो १०७ रनको लक्ष्य 

मंगलबार, जेठ २९, २०८१

काठमाडौँ : आइसीसी टि–२० विश्वकप क्रिकेटमा क्यानडाले पाकिस्तान सामु जितकालागि १०७ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

न्यूयोर्क स्थित नासाउ काउन्टी अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा टस हारेर पहिले ब्याटिङमा तानिएको क्यानडाले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर रन १०६ बनायो ।

क्यानडाकालागि आरोन जनसनले किर्तिमानी अर्धसतकिय पारी खेल्दै सर्वाधिक ५२ रनको योगदान गरे । कलीम सानाले १३ तथा कप्तान साद बिन जफरले १० रन जोडे पनि अन्य खेलाडीले दोहोरो अंकको रन छुन सकेनन् ।

 जनसन टि–२० क्रिकेटमा राष्ट्रिय टोलीबाट सर्वाधिक अर्धसतक प्रहार गर्ने पहिलो क्यानडाली खेलाडी बनेका छन् । उनले ८ ओटा अर्धसतक प्रहार गर्दै यसअघि नवनीत सिंह धालिवालको नाममा रहेको किर्तिमानी भंग गरेका हुन् । धालिवालले अहिले सम्म ७ ओटा अर्धसतक प्रहार गरेका छन् ।

बलिङतर्फ हरिस रउफ र मोहम्मद आमिरले २/२ विकेट लिए । नसिम शाह र शाहिन अफ्रिदीले १/१ विकेट विकेट हात पारे । सुपर ८ को झिनो सम्भावनाकालागि पाकिस्तानलाई क्यानडाविरुद्ध जित निकाल्नै पर्ने दवाब छ ।
 

प्रकाशित मिति: मंगलबार, जेठ २९, २०८१  २१:५४
प्रतिक्रिया दिनुहोस्