ADD FOR WEBSIDE ADD FOR WEBSIDE

पाकिस्तानले क्यानडालाई ७ विकेटले हरायो

बुधबार, जेठ ३०, २०८१

काठमाडौँ  : आइसीसी टि–२० विश्वकप क्रिकेटमा पाकिस्तानले पहिलो जित निकालेको छ ।

मंगलवार राती भएको खेलमा क्यानलाई ७ विकेटले हराउँदै पाकिस्तानले पहिलो जित निकालेको हो । जितकालागि क्यानडाले दिएको १०७ रनको लक्ष्य पाकिस्तानले १५ बल बाँकी छँदै मात्र ३ विकेट गुमाएर भेटायो ।

मोहम्मद रिजवानले अविजित ५३ तथा कपन बाबार आजमले ३३ रनको योगदान गरे ।

त्यसअघि न्यूयोर्क स्थित नासाउ काउन्टी अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा टस हारेर पहिले ब्याटिङमा तानिएको क्यानडाले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर रन १०६ बनायो । क्यानडाकालागि आरोन जनसनले किर्तिमानी अर्धसतकिय पारी खेल्दै सर्वाधिक ५२ रनको योगदान गरे । कलीम सानाले १३ तथा कप्तान साद बिन जफरले १० रन जोडे पनि अन्य खेलाडीले दोहोरो अंकको रन छुन सकेनन् ।  

जनसन टि–२० क्रिकेटमा राष्ट्रिय टोलीबाट सर्वाधिक अर्धसतक प्रहार गर्ने पहिलो क्यानडाली खेलाडी बनेका छन् । उनले ८ ओटा अर्धसतक प्रहार गर्दै यसअघि नवनीत सिंह धालिवालको नाममा रहेको किर्तिमानी भंग गरेका हुन् । धालिवालले अहिले सम्म ७ ओटा अर्धसतक प्रहार गरेका छन् ।

बलिङतर्फ हरिस रउफ र मोहम्मद आमिरले २/२ विकेट लिए । नसिम शाह र शाहिन अफ्रिदीले १/१ विकेट विकेट हात पारे ।

जितसंगै पाकिस्तानले सुपर ८ मा पुग्ने झिनो सम्भावना कायमै राखेको छ । 
 

प्रकाशित मिति: बुधबार, जेठ ३०, २०८१  ०४:४७
प्रतिक्रिया दिनुहोस्