ADD FOR WEBSIDE ADD FOR WEBSIDE

अग्रता जोगाउन नसक्दा यमनसंग नेपालको बराबरी

बुधबार, जेठ ३०, २०८१

दमाम साउदीअरब : अग्रता जोगाउन नसक्दा नेपालले यमनसंग बराबरीमा चित्त बुझाएको छ ।

फिफा विश्वकप २०२६ र एसिया कप २०२७ को संयुक्त छनोटअन्तर्गत समूह एचको आफ्नो अन्तिम खेलमा नेपालले यमनसंग २–२ गोलको बराबरी खेलेको हो । साउदी अरेबियाको दमामस्थित प्रिन्स मोहम्मद बिन फहाद स्टेडियम मंगलवार राती भएको खेलमा अग्रता जोगाउन नसक्दा नेपालले जित निकाल्न सकेन ।

nepal-yaman-02-1718149521.jpg

खेलको ९ औँ मिनेटमा नासेर अल–जाहौशले पेनाल्टीमा गोल गर्दै यमनलाई अग्रता दिलाएका थिए । खेलको २२ औँ मिनेटमा सञ्जिव विष्टले बराबरी गोल फर्काए । ६६ औँँ मिनेटमा जिलेस्पीजंग कार्काले नेपालका लागि दोस्रो गोल गर्दै २–१ को अग्रता बनाएका थिए । तर त्यो अग्रता धेरै बेर टिक्न भने सकेन ।

खेलको अन्तिम समयमा यमनका मुहम्मद अब्दुल्लाह अल–दाहीले यमनका लागि गोल गर्दै खेल बराबरीमा रोकिदिएका हुन् ।
 

प्रकाशित मिति: बुधबार, जेठ ३०, २०८१  ०५:३२
प्रतिक्रिया दिनुहोस्