ADD FOR WEBSIDE ADD FOR WEBSIDE

श्रीलंका र नेपालबीचको खेल रद्ध

बुधबार, जेठ ३०, २०८१

काठमाडौँ : आईसीसी टि–२० विश्वकप क्रिेट अन्तर्गत श्रीलंका र नेपालबीचको खेल रद्ध भएको छ ।

फ्लोरिडा स्थित केन्द्रीय ब्रोवार्ड क्षेत्रीय पार्क स्टेडियम टर्फ मैदान, लाउडरहिलमा बुधवार विहान सवा ५ बजे हुने सुरु हुने भनिएको खेलअघि देखिनै निरन्तर वर्षा भएपछि टस समेत हुन नसकेपछि खेल रद्ध गरिएको हो ।

विहान सवा ६ बजेसम्म पनि खेल सुरु हुन नसकेपछि अन्तिम समयमा खेल रद्ध गरिएको थियो । खेल रद्ध भएसंगै नेपाल र श्रीलंकाले १/१ अंक बाँडेका छन् । जारी विश्वपमा नेपालले पहिलो अंक जोडेको छ । दुई खेलमा हार र एक खेल रद्ध भएसंगै श्रीलंका समुह चरणवाटै बाहिरिएको छ ।

प्रकाशित मिति: बुधबार, जेठ ३०, २०८१  ०६:१९
प्रतिक्रिया दिनुहोस्