ADD FOR WEBSIDE ADD FOR WEBSIDE
टि–२० विश्वकप :

नामिबियालाई हराउँदै अष्ट्रेलिया सुपर -८ मा 

बुधबार, जेठ ३०, २०८१

काठमाडौँ : अष्ट्रेलिया आईसीसी टि–२० विश्वकप क्रिकेटको सुपर - ८ मा पुगेको छ ।

बुधवार बिहान भएको खेलमा नामिबियालाई ९ विकेटले हराउँदै अष्ट्रेलिया एक खेल अगावै सुपर -८ मा प्रवेश गरेको छ । जितकालागि नामिबियाले दिएको ७३ रनको लक्ष्य अष्ट्रेलियाले ५.४ ओभरमा १ विकेट गुमाएर भेटायो ।

उसकालागि ट्रभिस हेडले नटआउट ३४ रन जोडे । डेभिट वार्नले २० तथा कप्तान मिचेल मार्सले १८ रन जोडे ।

त्यसअघि टस हारेर ब्याटिङमा तानिएको नामिविया १७ ओभर खेल्दै ७२ रनमा अलआउट भएको थियो । उसकालागि गेरहार्ड इरास्मसले सर्वाधिक ३६ रन बाहेक अन्यले सम्झन लायकको प्रदर्शन गर्न सकेनन् । 
 

प्रकाशित मिति: बुधबार, जेठ ३०, २०८१  ०८:५७
प्रतिक्रिया दिनुहोस्