ADD FOR WEBSIDE ADD FOR WEBSIDE
टि–२० विश्वकप :

नेपालको सुपर -८ मा पुग्ने यात्रा निकै कठिन

बुधबार, जेठ ३०, २०८१

काठमाडौँ :श्रीलंकासंगको खेल रद्ध भएपछि नेपालको आईसीसी टि–२० विश्वकप क्रिकेटको सुपर -८ मा पुग्ने यात्रा निकै कठिन बनेको छ ।

खेलरद्ध हुँदा श्रीलंका र नेपाल दुवै टोलीलाई ठूलो घाटा लागेको छ ।  खेलरद्ध हुँदा सबैभन्दा बढी फाईदा भने दक्षिण अफ्रिकालाई भएको छ । समुह डि मा रहेको दक्षिण अफ्रिका सुपर -८ मा पुग्ने पहिलो टोली बनेको छ ।

अब समुहको दोस्रो स्थानमा रहँदै सुपर -८ को यात्रा तय गर्न बंगलादेश, नेपाल र नेदरल्याण्ड्सबीच तिब्र प्रतिस्पर्धा हुनेछ । नेपालको तुलानामा बंगलादेश र नेदरल्याण्ड्सको सुपर -८ मा पुग्ने उच्च सम्भावना छ । नेपालले अव वेष्टईण्डिजमा हुने खेलमा दक्षिण अफ्रिका र बंगलादेशलाई हराउनुपर्नेछ ।

सुपर -८ मा पुग्न नेपालले यी दुई टोलीलाई हराएरमात्रै पुग्दैन नेदरल्याण्ड्ले बाँकी दुई खेल हार्नुपर्ने समिकरण देखिन्छ ।

यस्तो अवस्थामा नेपाल दक्षिण अफ्रिकासंगै समुहको दोस्रो स्थानमा रहँदै सुपर -८ मा पुग्न सक्छ । नेदरल्याण्ड्सले बाँकी दुई खेल बंगालादेश र श्रीलंकासंग खेल्न बाँकी छ । 

प्रकाशित मिति: बुधबार, जेठ ३०, २०८१  ०९:४१
प्रतिक्रिया दिनुहोस्