ADD FOR WEBSIDE ADD FOR WEBSIDE
टि–२० विश्वकप :

अमेरिकासंग किन डराईरहेको छ भारत ?

पाकिस्तानका लागि पनि महत्वपूर्ण छ ,भारत र अमेरिकाको खेल
बुधबार, जेठ ३०, २०८१

काठमाडौँ  : आईसीसी टि–२० विश्वकप क्रिकेट अन्तर्गत समुह "ए" को खेलमा बुधवार (आज )भारत र अमेरिकाबीच प्रतिस्पर्धा हुँदैछ । यी दुई टोलीबीचको खेल नेपाली समय अनुसार राती सवा ८ बजे अमेरिकाको न्यूयोर्कस्थित नासाउ काउन्टी अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा हुनेछ ।

उपाधि दावेदार भारत आज अमेरिकालाई हराउँदै सुपर -८ मा स्थान सुरक्षित गर्ने योजनामा छ । अमेरिका पनि घरेलु मैदानमा भारतलाई हराउँदै सुपर- ८ मा पुग्न आतुर छ । पाकिस्तान जस्तो बलियो टोलीलाई हराएको पाकिस्तान उच्च मनोवलका साथ मैदान उत्रनेछ । आयोजकको हैसियतमा पहिलो पटक विश्वकप खेलेको अ‍ेमेरिकासंग भारतीय टोलीले डर र दबाब दुवै झेल्नुपर्नेछ ।

विश्व क्रिकेटको महारथि सम्झने भारतले साख: जोगाउन अमेरिकालाई कुनै पनि हालतमा जित्नै पर्नेछ । अमेरिकापनि पहिलो पटक भारतलाई हराउँदै ईतिहासको पानमा नाम लेखाउन आतुर छ । भारतविरुद्ध खेल्दा अमेरिका दबाब भन्दा पनि अवसरका रुपमा लिएर खेल्ने योजनामा छ । अमेरिकी टोली अहिले सम्म उच्च लयमा देखिएको छ ।

भारतीय टोली यस ५ अमेरिकी खेलाडीसंग डराईरहेको छ ।

  • आरोन जोन्स

आरोन जोन्स त्यही ब्याट्सम्यान हुन् जसले टी–२० विश्वकपको आफ्नो पहिलो खेलमा ४० बलमा ९४ रनको शानदार इनिङ खेलेका थिए । यस अवधिमा उनले १० छक्का पनि प्रहार गरका छन् । जोन्सले पाकिस्तानविरुद्धको खेलमा आफूले दबाबमा पनि धैर्यताका साथ खेल्न सक्ने खुबी समेत देखाएका छन् । पाकिस्तानविरुद्धको खेलमा उनले २६ बलमा ३६ रनको इनिङ खेलेका थिए । सुपर ओभरमा अमेरिकाका लागि जोन्सले १८ मध्ये ११ रन बनाएका थिए  । 

  • मोनाङ्क पटेल

मोनाङ्क पटेल अमेरिकी टोलीका कप्तान पनि  हुन् । पाकिस्तानविरुद्धको खेलमा उनले अर्धसतकिय पारी खेलेका थिए । अर्धशतकीय पारीले उनको आत्मविश्वास झन् बढाएको छ । उनले पाकिस्तानविरुद्धको खेलमा  ३८ बलमा ५० रन बनाएका थिए । मोनाङ्क लामो समयसम्म क्रिजमा टिकिरहने खेलाडीका रुपमा चिनिन्छन् । उनी जति लामो समय क्रिजमा बस्छन्, भारतीय टोलीका लागि त्यति नै टाउको दुखाईको विषय हुन सक्छ । 

  • कोरी एन्डरसन

न्युजिल्याण्डबाट खेलिसकेका कोरी एन्डरसन अहिले अमेरिकी टोलीमा छन् । उनको अनुभवले पक्कै अमेरिकी क्रिकेटलाई निकै फाइदा पुगेको छ । एन्डरसन अमेरिकी टोलीका अलराउण्डर क्रिकेटर हुन् । उनले बलिङसंगै ब्याट पनि राम्रै चलाउँछन् । टी–२० विशेषज्ञ खेलाडी समेत रहेका उनी भारतीय टोलीका लागि अर्को समस्या निम्त्याउन सक्छ । अन्तर्राष्ट्रिय क्रिकेटमा ६३४ रन संगै १६ विकेट उनको नाममा छ ।

  • नोष्टुश केन्जिग

नोष्टुश केन्जिगे अमेरिकी टोलीका भरपर्दा बलर हुन् । क्यानडाविरुद्धको खेलमा उनले मौका नपाए पनि पाकिस्तान विरुद्धको खेलमा उनले जादु नै चलाएका थिए । अफ स्पिन बल फ्याँन रुचाउने उनले मध्यक्रमका ब्याटस्म्यानलाई धुरुक्कै रुवाउन सक्छन् । पाकिस्तानविरुद्धको खेलमा ४ ओभरमा बलिङ गरेका उनले ३० रन दिएर ३ विकेट लिएका थिए । 

  • सौरभ नेत्रवलकर

पाकिस्तानविरुद्धको खेलमा मोहम्मद रिजवानलाई मिठो बलले लोभ्याए। किपरको हातबाट क्याच गराउँदा चर्चामा आएका अर्का अमेरिकी बायाँ हाते फास्ट बलर सौरभ नेत्रावलकर पनि भारतको टाउको दुखाई बन्न सक्छन् । ब्याटरले बलले लोभ्याएर आउट गराउन सक्ने खुबी उनमा छ । रिजवान पछि पाकिस्तानका  इफ्तिखार अहमदलाई एलबीडब्ल्यू आउट गर्न सफल भएका उनको चर्चा चुलिएको छ । उनको बलमा प्रायः ब्याटरले हिट गर्छन तर उक्त बलले अर्कै दिशा लिन पुग्छ । उनको यो चालबाजी बलिङले भारतीय ब्याट्सम्यानलाई समस्यामा पार्न सक्छ ।  पाकिस्तानविरुद्धको खेलमा उनले ४ ओभरमा १८ रन दिएर  महत्वपूर्ण २ विकेट लिएका थिए ।

भारत र अमेरिकाबीच हुने खेल पाकिस्तानका लागि पनि निकै महत्वपूर्ण छ । यहि खेलबाट पाकिस्तानको भविष्यको बाटो तय हुनेछ । आजको खेलमा भारतले जित निकाले पाकिस्तानको अघिल्लो बाटो तय हुनेछ । अन्यथा पाकिस्तानपनि विश्वकपबाट टाटा बाईबाई हुने देखिन्छ । 
 

प्रकाशित मिति: बुधबार, जेठ ३०, २०८१  ११:०३
प्रतिक्रिया दिनुहोस्