ADD FOR WEBSIDE ADD FOR WEBSIDE
टि–२० विश्वकप :

भारतलाई १११ रनको लक्ष्य 

बुधबार, जेठ ३०, २०८१

काठमाडौँ : आईसीसी टि–२० विश्वकप क्रिकेट अन्तर्गत समुह "ए" को खेलमा अमेरिकाले भारतसामु जितकालागि १११ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

न्यूयोर्कस्थित नासाउ काउन्टी अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा टस हारेर पहिले ब्याटिङमा तानिएको अमेरिकाले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर ११० रन बनायो । अमेरिकाकालागि नितिश कुमारले सर्वाधिक २७ रनको योगदान गरे । स्टेभन टेलर्सले २४ तथा कोरी एन्डरसनले १५ रन जोडेपनि अन्य ब्याटरले सम्झना लायकको प्रदर्शन गर्न सकेनन् ।

बलिङतर्फ अर्शदिप सिंले ४ विकेट लिए । हार्दिक पाण्ड्याले २ तथा अक्षर पटेलले एक विकेट हात पारे । उपाधि दावेदार भारत आज अमेरिकालाई हराउँदै सुपर -८ मा स्थान सुरक्षित गर्ने योजनामा छ । अमेरिका पनि घरेलु मैदानमा भारतलाई हराउँदै सुपर -८ मा पुग्न आतुर छ । विश्व क्रिकेटको महारथि सम्झने भारतले साख जोगाउन अमेरिकालाई कुनै पनि हालतमा जित्नै पर्ने दबाब छ ।

भारत र अमेरिकाको खेल पाकिस्तानका लागि पनि निकै महत्वपूर्ण छ । यहि खेलबाट पाकिस्तानको भविष्यको बाटो तय हुनेछ । आजको खेलमा भारतले जित निकाले पाकिस्तानको अघिल्लो बाटो तय हुनेछ । अन्यथा पाकिस्तानपनि विश्वकपबाट टाटा बाईबाई हुने देखिन्छ । 

प्रकाशित मिति: बुधबार, जेठ ३०, २०८१  २२:००
प्रतिक्रिया दिनुहोस्