ADD FOR WEBSIDE ADD FOR WEBSIDE
टी–२० आई श्रृखंला:

नेपालसामु इन्डिज ‘ए’ ले दियो २२८ रनको बिशाल लक्ष्य

बुधबार, वैशाख १९, २०८१

बैशाख १९ काठमाण्डौ । जोन्सन चार्लसको शतसकय बिस्फोटक ब्याटिङसंगै वेस्ट इन्डिज ‘ए’ ले नेपाल सामु २२८ रनको बिशाल लक्ष्य प्रस्तुत गरेको छ । त्रिवि क्रिकेट मैदान किर्तिपुरमा टस जितेर पहिले ब्याटिङ थालेको वेष्टईण्डिज ‘ए’  ले निर्धारित ओभरमा ३ विकेटको क्षतिमा २२७ रन को बिशाल स्कोर खडा गर्यो ।

वेष्टईण्डिज ‘ए’  कालागि जोन्सन चार्लसले सतकिय पारी खेल्दै ११९ रनमा नटआउट रहे । ६१ बलको सामना गरेका उनले चौकाको बर्षा गराउँदै १३ चौका र ७ छक्का प्रहार गरे । आन्द्रे फ्लेचरले ५३ , फेबियन एलेनले १९ तथा एलिक एथेनाजेले १७ रन जोडे । किमो पलले नटआउट १३ रनको योगदान गरे । बलिङतर्फ सागर ढकाल र करण केसीले एक/एक विकेट लिए ।

पाँच टी–२० आई श्रृखंलामा  दुबै टोली १–१ को बराबरीमा छन् । दुबै टोली आज जित निकाल्दै श्रृखंला २–१ को अग्रता बनाउन चाहान्छ । रोहित पौडल बिना मैदान उत्रिएको नेपालको कप्तानी दिप्न्द्र सिं ऐरीले सम्हालेका छन् ।


 

प्रकाशित मिति: बुधबार, वैशाख १९, २०८१  १४:२८
प्रतिक्रिया दिनुहोस्