ADD FOR WEBSIDE ADD FOR WEBSIDE
टि–२० विश्वकप :

अमेरिकालाई हराउँदै भारत विश्वकपको सुपर -८ मा

बुधबार, जेठ ३०, २०८१

काठमाडौँ : अमेरिकालाई हराउँदै भारत आईसीसी टि–२० विश्वकप क्रिकेटको सुपर ८ मा प्रवेश गरेका छ ।

बुधवार राती भएको खेलमा अमेरिकामाथि ७ विकेटको जित निकाल्दै भारतले समुह "ए" बाट सुपर -८ मा स्थान बनाएको हो । जितकालागि अमेरिकाले दिएको १११ रनको लक्ष्य भारतले १८.२ ओभरमा ३ विकेटको क्षतिमा भेटायो । कुनै समय निकै धराशायी बनेको भारतको ईनिङ सूर्यकुमार यादव र शिवम् दुवेले उकासे । यादवले अर्धसतकिय पारी खेल्दै सर्वाधिक ५० रनको योगदान गरे । दुवेले ३१ रन जोडे ।यी दुबै टोलीले ६७ रनको साझेदारी गरे । 

यादवले टि–२० क्रिकेटमा चौथो अर्धसतक प्रहार गरे । ऋषभ पन्तले १८ रन जोडे । कप्तान रोहित शर्माले ३ रन जोड्दा बिराट कोहलीले खाता नै खोल्न सकेनन् ।

त्यसअघि न्यूयोर्कस्थित नासाउ काउन्टी अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा टस हारेर पहिले ब्याटिङमा तानिएको अमेरिकाले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर ११० रन बनायो ।

अमेरिकाकालागि नितिश कुमारले सर्वाधिक २७ रनको योगदान गरे । स्टेभन टेलर्सले २४ तथा कोरी एन्डरसनले १५ रन जोडेपनि अन्य ब्याटरले सम्झना लायकको प्रदर्शन गर्न सकेनन् ।

बलिङतर्फ अर्शदिप सिंले ४ विकेट लिए । हार्दिक पाण्ड्याले २ तथा अक्षर पटेलले एक विकेट हात पारे । 

प्रकाशित मिति: बुधबार, जेठ ३०, २०८१  २३:५१
प्रतिक्रिया दिनुहोस्